२५ र २६ कात्तिकमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

चितवन / ‘मौलिक लोक संस्कृतिको पहिचान, नवप्रतिभाको प्रोत्साहन, स्रष्टालाई सम्मान’ भन्ने मूल नाराका साथ लक्की मिडियाले ‘लक्की अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता’ कार्यक्रम आयोजना गर्न लागेको हो ।

प्रतियोगितामा चितवनसहित अन्य जिल्लाका विद्यालयबाट सहभागिता गराउने लक्ष्य राखिएको लक्की मिडिया हाउस चितवनका महाप्रबन्धक हरि कार्की ुलक्कीुले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा ५० भन्दा बढी विद्यालयको सहभागिता गराइने छ ।

२५ र २६ कात्तिकमा दुई दिन हुने कार्यक्रममा राष्टि«यस्तरका ख्यातिप्राप्त कलाकारहरुको उपस्थिति रहने कार्कीले बताए । प्रतियोगिताका लागि आवश्यक तयारी सुरु भएको बताउँदै उनले सहभागी हुन चाहने विद्यालयले लक्की मिडिया हाउसमा सम्पर्क गर्न आग्रह गरे ।

लोक, मौलिक, कला संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि आयोजना गरिएको नृत्य प्रतियोगितामा प्रस्तुत हुने नृत्य र गीत नेपाली लोक, मौलिक सस्कृति झल्किने खालको हुनुपर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित