भागलपुरका विद्यार्थीले गरे चन्द्रमाको अवलोकन

उदयपुर / बेलका नगरपालिका– २ भागलपुरका विद्यार्थी तथा अभिभावकहरूले नेपाल एस्ट्रोनोमिकल सोसाइटी–नासोको आयोजनामा चन्द्रमाको अवलोकन गरेका छन् । आवर भागलपुरको समन्वयमा स्थानीय तीन विद्यालयका विद्यार्थी तथा स्थानीयवासीले चन्द्रमाको अवोकनमा सहभागीता जनाएका हुन् ।

खगोल तथा अन्तरीक्ष विज्ञानसम्बन्धी विद्यार्थीहरूका जिज्ञासा मेटाउने तथा खगोलसम्बन्धी अझै धेरै जानकारी लिन यस्तो कार्यक्रमको आयोजना गरिएको हो । यस प्रकारको पब्लिक्ली चन्द्रमा अवलोकन कार्यक्रम उदयपुरमा पहिलो पटक भएको हो । यसअघि सो स्थानका बालबालिकाले छुद्र ग्रह खोज्ने कार्यमा समेत सहभागीता जनाएका थिए ।

विद्यार्थीमाँझ वैज्ञानिक सोच तथा विज्ञान तथा प्रविधिसम्बन्धी सोचको बिजारोपण हुने तथा खगोल तथा अन्तरिक्ष विज्ञानको प्रवर्द्धन हुने कार्यक्रमका संयोजक शहदेव राईले विश्वास लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित