नेपालमा ५२ कोरोना संक्रमित थपिए

काठमाडौं / नेपालमा पछिल्लो २४ घन्टामा १७६३ नमुना परीक्षण गर्दा ५२ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७४५ र एन्टिजेनबाट १०१८ नमुनाको परीक्षण गर्दा पीसीआरबाट ४५ र एन्टिजेनबाट ७ नमुनाको रिपोर्ट पोजिटिभ आएको हो ।

मन्त्रालयका अनुसार थप १६ जना कोरोनामुक्त भएका छन् । आज थपिएका सँगै सक्रिय कोरोना संक्रमितको संख्या ६६७ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित