पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल गाेठगाउँमा बिरामीलाई सास्ती , समय सम्म बस्दैनन् तथा भेटिँदैनन् डाक्टर

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा स्थित गाेठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालमा डाक्टर कम समय सम्म बस्ने तथा नभेटिने गरेका कारणले बिरामीलाई सास्ती हुने गरेको छ । अस्पतालमा बिरामीको चाप अत्याधिक भए पनि डाक्टर भने बिरामीको सेवाका लागि १ देखि २ घण्टा मात्रै बस्ने गरेका छन् । एउटा सामान्य बिरामको लागि उपचार गर्न जाँदा डाक्टर समय सम्म नबसेका तथा नभेटिएका कारण आफू पटक पटक ध्याउँन बाध्य भएको सुन्दरहरैँचा ७ निवासी बिरामी शम्भु विश्वकर्माले बताए ।`आफू जस्तै दैनिक ज्वालादारी गरेर खाने मान्छेलाई सामान्य उपचारको लागि पनि ३ पटक भन्दा बढी अस्पताल धाउँदा समस्या हुने गरेको` विश्वकर्माको भनाइ रहेको छ ।

अस्पतालमा दैनिक रूपमा ३ सय भन्दा बढी बिरामी उपचारका लागि जाने गरेका छन् । बिरामीले काउन्टरमा बिल काटेर डाक्टरलाई चेक गराउँन अथवा रिपोट बुझाउन जाँदा अधिकांश डाक्टर नभेटिने अथवा हिडिसकेकाे हुने स्थानीय सेवाग्राही केशव ओझाले बताए । `पियू शिक्षण अस्पतालले दिने सेवा सुविधा भने बर्षेदेखि सन्तोकजनक छैन ´। ओझाले भने।

अस्पतालमा भौतिक संरचना तथा वातावरण भने उपयुक्त रहेको छ। पूर्वाञ्चल विश्वविद्यालय ८ सय ५ बिगाहा क्षेत्रफलमा फैलिएको छ । उपचारको लागि विभिन्न विभाग भए पनि डाक्टर समय सम्म नबसेका तथा नभेटिएका कारण सेवाग्राहीलाई सास्ती हुने गरेको स्थानीय शिक्षादेवी चोलाराज पोखरेलले बताए । `बिरामी भएर अस्पताल जाँदा पालो कुर्दाकुर्दै डिउटी सकेर डाक्टर छिट्टै हिँड्ने गरेकाले यो समस्याको सावधान गरी सरकारी अस्पतालले दिने सेवा सुविधालाई सुधार गर्न जरुरी छ ´ पोखरेलले भने।

पियू शिक्षण अस्पतालमा छाला , फिजिसियन , बालराेग , हाडजोर्नी नशाराेग ,गाइनाे , फिजिसियन , सर्जन , आँखा, दाँत, बच्चाको इन्डाेसकाेपि , एक्स रे , लगायतको उपचार तथा सेवा सुविधा रहेको छ।अस्पतालमा विभिन्न विभाग र उपचार कक्ष भए पनि डाक्टर समयमा नआउने तथा आए पनि राम्रो नबस्ने साथै कर्मचारीको अभाव लगायतका विभिन्न कारणले भने समस्या हुने गरेको सेवाग्राहीहरू बताउँछन् ।

पियु शिक्षण अस्पतालको भवन २०७६ सालमा तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले समुद्घाटन गरेका थिए । पियूमा एमबिबिएस बाहेक मेडिकल , नर्सिङ , फार्मेसी , ल्याब लगायतको पढाइ हुने गरेको छ । अस्पताल निर्देशक विदेश आचार्यले नीतिगत , विधागत लगायत आर्थिक र उचित जनशक्तिको अभावले समस्या भएको हुँदा यसको सावधान गरी सुधार गरेर अघि बढ्न जरुरी रहेको बताए । पियू शिक्षण अस्पताल गाेठगाउँमा १ सय बेडको अस्पताल सञ्चालन गरेर बिरामीलाई सेवा दिने भनिएकोमा त्यो अहिले सम्म गर्न नसकेकोले यसको सुधार र विकासका लागि सम्बन्धित पक्षले चासो राखेर काम गर्न आवश्यक भएको निर्देशक आचार्यले उल्लेख गरे।`डाक्टरको दरबन्दीमा समस्या भएकोले समय सम्म उहाँहरूलाई सेवामा राख्न नसकिएको साथै अस्पतालले ग्रामीण भेगमा रहेर सकेको सेवा सुविधा दिनु चाहि राम्रो पक्ष भएको ´ अस्पताल निर्देशक आचार्यले जानकारी दिए।

पियू शिक्षण अस्पताल का फिजिसियन डा. चन्दन विश्वासले बिरामीहरूको लागि डाक्टरको दैनिक रूपमा चेकजाँचको समय २ घण्टा मात्रै भएकोले सेवाग्राहीहरूको चाप अत्याधिक भए पनि पर्याप्त समय दिन नसकेको बताए। अस्पतालका सहायक खरिदार निबन्ध कोइरालाले डाक्टरको दरबन्दी कम भएको कारणले समस्या देखिएकोले यसको अन्त्यका लागि आगामी दिनमा बिहान १० देखि दिउँसो २ बजे सम्म सेवा दिने योजनामा अस्पताल रहेको उल्लेख गरे ।

प्रतिक्रिया

सम्बन्धित