मुकुम्लुङ सघर्ष समितिद्वारा ताप्लेजुङ बन्द फिर्ता

ताप्लेजुङ । मुकुम्लुङ सघर्ष समितिद्वारा ताप्लेजुङ बन्दकाे कार्यक्रम फिर्ता गरेकाे छ । साेमबार साझ ८ बजे मुकुम्लुङ सघर्ष समिति ताप्लेजुङ र पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव मुल आयोजक समिति बिच भएको सम्झौतालाई दुवै पक्षले कार्यान्वयन गर्ने सहमति भए संगै बन्दका सम्पुर्ण कार्यक्रम फिर्ता लिएको मुकुम्लुङ सघर्ष समिति ताप्लेजुङका उपाध्यक्ष दिपक लिम्बुले बताएका छन् । सहमति अनुसार ताप्लेजुङ सञ्चालन हुदै गरेको महोत्सवको नाम ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सव २०७९ रहेनेछ ।

मुकुम्लुङ संघर्ष समिति र किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङले आउँदो असोज ११ गते देखि हुने पाथीभरा म्याराथन तथा पर्यटन महोत्सवलाई ‘मुकुम्लुङ पर्यटन महोत्सव’भनेर रुपान्तरण नगरे बन्द हड्ताल लगायतका संघर्षका कार्यक्रम अघि बढाउने चेतावनी दिएको थियाे

प्रतिक्रिया

सम्बन्धित