पी.एस.आर. एन. BPKIHS धरानले झुम्कामा गर्‍यो बृहत् स्वास्थ्य शिविर

धरान : सामाजिक उत्तरदायित्वका निमित्त चिकित्सक सङ्घ नेपाल विद्यार्थी इकाई धरान(Physicians for social responsibility Nepal students’ chapter BPKIHS Dharan-PSRN SC BPKIHS ) ले रामधुनी ९ मा नि:शुल्क बृहत् स्वास्थ्य शिविर सम्पन्न गरेको छ । पी.एस.आर. एन ले विपन्न परिवारका सदस्यहरूलाई नि:शुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँदै स्वास्थ्य परामर्श तथा अन्य सोधपुछको सेवा समेत प्रदान गरेको हो ।

अस्पताल सम्म पहुँच नपुगेका बिरामीहरूमा स्वास्थ्य उपचार सेवाकालागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरूबाट स्वास्थ्य परीक्षण गरिएको आयोजकले जनाएको छ । उपस्थित एक दर्जन बढी चिकित्सकहरूको स्वास्थ्य परीक्षणबाट वडाका २ सय २५ जना भन्दा बढीले प्रत्यक्ष रूपमा स्वास्थ्य सेवाबाट लाभान्वित भएको आयोजकको भनाई छ । भने आँखाको दृष्टि परीक्षण जाँचबाट ७ जना मोतिया विन्दु रहेको र अप्रेसन गर्नु पर्ने बिरामीहरूलाई आवश्यक उपचारका निमित्त रिफर गरिएको छ।

शिविरबाट विभिन्न सात प्रकारका सेवाहरू उपलब्ध गराएको थियो । स्त्री तथा प्रसूति रोग सम्बन्धी परामर्श, आँखाको दृष्टि परीक्षण, मोतिया बिन्दु जाँच तथा उपचार, बाल स्वास्थ्य परीक्षण तथा परामर्श, दन्त रोग परीक्षण, छाला तथा यौन रोग परीक्षण तथा परामर्श सेवाहरूबाट विभिन्न वडाका वडावासीहरू लाभान्वित भएको पी.एस.आर. एन. BPKIHS का अध्यक्ष किरण चन्द्र पुनले जानकारी दिए।

पुनका अनुसार नि: शुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य सेवासंगै नि:शुल्क आवश्यक औषधिको वितरण गरिएको थियो।रामधुनी ९ नं. वडा ग्रामीण क्षेत्र रहेको र यस क्षेत्रमा विपन्न दलित वस्तिले यहाँका अधिकांश जनता अस्पताल सम्मको पहुँच बाट वञ्चित रहेको पाइयो।

आर्थिक कमजोरले स्वास्थ्य परीक्षण समेत गर्न नसक्दा रोग ग्रसित भई सकेपछि मात्र उपचार गर्नाले पछि यसले ठुलो खर्च बेहोर्नु पर्ने लगायतका अकालमै ज्यान समेत गुमाउनु पर्ने भएकाले एकीकृत उपचार र परामर्शले वडावासी स्वास्थ्य राहत प्राप्त गर्न सकेको वडाध्यक्ष घनश्याम चौधरीले बताए! सो शिविरमा जुनियर रेसिडेन्ट वेलफेयर साेसाइटीले पनि सहयोग गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित