इटहरी स्थित सिबी कलेजमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुकालागी स्वागत कार्यक्रम सम्पन्न

इटहरी । सुनसरीको इटहरीमा सञ्चालित सिबी कलेजले कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुकालागी स्वागत कार्यक्रमको आयोजना गरेको छ । इटहरी स्थित दुर्गा पार्टी प्यालेसमा आयोजित एक कार्यक्रमका बिच कलेजले कक्षा १२ का विद्यार्थीहरुले ११ मा अध्यनरत विद्यार्थीलाई स्वागत गरेको हो ।

सिवी कलेजका अध्यक्ष देशबन्धु कार्कीको अध्यक्षता तथा प्रदेश १ का यातायात व्यवस्था तथा सञ्चार मन्त्री तथा प्रदेश प्रवक्ता उपेन्द्र प्रसाद घिमिरेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतीक नृत्य तथा कार्यक्रम प्रस्तुत गरेका थिए । यसैबीच कलेजले बिभीन्न समयमा आयोजना गरेको अतिरिक्त कार्यक्रम तथा अन्य बाह्य कार्यक्रममा कलेजको प्रतिनिधित्व गर्ने विजेताहरुलाई पनी पुरस्कृत गरिएको थियो ।

सोही कार्यक्रममा बोल्दै प्रदेश प्रवक्ता उपेन्द्र प्रसाद घिमिरेले देशका शैक्षिक संस्थाको अधिकारक्षेत्र ३ तहका सरकारमा विभाजन गरिए पनी प्रभावकारी रुपमा कार्यन्वयन हुन नसकेको गुनासो गरे । देशको एउटा नमुना शैक्षीक गन्तव्यको सम्भावना इटहरीले बोकेको बताउँदै उनले शैक्षीक क्षेत्रमा लगानी गरेर विद्यार्थीको उच्चशीक्षाका नीम्ती योगदान गर्ने नीजी क्षेत्रलाइ मुलधारमा ल्याएर पुरस्कृत साथै प्रोत्साहन गनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

सम्बन्धित