प्रदेश १ मा ५ सय बढी डेंगु संक्रमित

नेपालमा गएको पाँच साताको अवधिमा डेंगु संक्रमण कारण २० जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार श्रावण महिनायता २० जनाको ज्यान भएको हो ।

७५ जिल्लामा डेंगु फैलँदा १६ हजार ५८७ जना संक्रमण पुष्टि भएको छ । सबैभन्दा धेरै बाग्मती प्रदेशमा १२ हजार ४०१ जना डेंगु संक्रमित भएका छन् ।
यस्तै, लुम्बिनी प्रदेशमा २ हजार ४२२ जनामा संक्रमित हुँदा १ नम्बर प्रदेशमा ५०४ जना संक्रमित भएका छन् ।

यस्तै क्रमशः सुदुरपश्चिम प्रदेशमा ४९३, गण्डकी प्रदेशमा ३२२, मधेश प्रदेशमा २४२ र कर्णाली प्रदेशमा २०३ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित