काठमाडाैंका बिभिन्न स्थानहरूकाे अबलाेकन भ्रमणमा प्रिमियर हाेटल स्कुलका बिध्यार्थिहरू (तस्विरहरू)

इटहरी / इटहरी प्रिमियर हाेटल स्कुलका बिध्यार्थीहरू काठमाडाैंका बिभिन्न स्थानहरूमा अवलाेकन भ्रमण सम्पन्न गरेका छन् । अवलाेकन भ्रमणका क्रममा उनिहरू काठमान्डाैंकाे पाँच तारे अन्तर्राष्ट्रिय ‘चेन’ होटल मेरिएट, काठमाडौँको ठमेलस्थित रहेको विश्वको ५२ औँ सर्वोत्कृष्ट नेपालको नम्बर वान क्लब लर्ड अफ द ड्रिंक्स (एल.ओ.डी.), चन्द्रागिरि हिलको, काठमान्डाै स्थित भृकुटीमण्डपमा आयोजना भइरहेको हस्पिटालिटी एक्पाेकाे अबलाेकन गरेका प्रिमियर हाेटल स्कुलका कार्यकारी प्रमुख सुनिल भुसालले बताए ।

अवलाेकनका क्रममा बिध्यार्थीहरू हाेटल मेरिएटमा अायाेजना गरिएकाे २ दिने कार्यशालामा सहभागी रहेका थिए । हाेटल इन्ड्रस्टीबारे अवलोकन तथा जानकारी दिने उद्देश्यका साथ अबलाेकन भ्रमण अायाेजना गरिएकाे कार्यकारी प्रमुख सुनिल भुसालले बताए ।

उनीहरू ४ दिने अवलोकन भ्रमण सम्पन्न गरेर इटहरी फर्किएका छन् । भ्रमणको मुख्य उद्देश्य भनेको बिध्यार्थीहरूले भोलिका दिनमा बाहिर गएर कार्य गर्दा इन्ड्रस्टिका बारेमा बुझ्न र त्यहाँका मानिसहरूसँग इन्टर्यक्ट कसरी गर्नु पर्छ भन्ने उद्देश्यका साथ अवलोकन भ्रमण गराइएको भुसालले बताए । पूर्व ज्ञान र त्यसको महत्त्वको बारेमा बुझ्नुपर्ने आवश्यकता अुरूप साे भ्रमण गराइएको स्कुलले जनाएकाे छ । तस्बिरहरू

प्रतिक्रिया

सम्बन्धित