खुल्ला वक्तृत्वकला प्रतियोगितामा प्रसन्ना पौडेल प्रथम

धरान / लिम्बु विद्यार्थी मन्चले आयोजना गरेको खुल्ला वक्तृत्वकला प्रतियोगितामा प्रसन्ना पौडेल प्रथम बनेकी छिन्। यस्तै, तृष्णा लिम्बू दोस्रो बनिन भने तेस्रो मनोज कुमार बनेका थिए । मन्चले आज महेन्द्र बहुमुखी क्याम्पस धरानमा ‘मेरो मातृभाषा मेरो पहिचान ‘ शिर्षकमा सो वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो ।

विजेताहरुलाई क्रमश प्रथम ५ हजार, दोस्रो ३ हजार र तेस्रो २ हजार र प्रमाण पत्र दिइएको थियो । कार्यक्रममा निर्णको भूमिकामा महेन्द्र बहुमुखी क्याम्पस धरानका सहायक क्याम्पस प्रमुख शहकुल श्रेष्ठ, प्राध्यापक निराजन राई र लिम्बुवान मन्चका केन्द्रिय उपमहासचिव सागर चेम्जुङ राई रहेका थिए । कार्यक्रममा १७ जना प्रतियोगिहरु रहेको आयोजकको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित