बाल दिवसको अवसरमा इटहरी स्थित वेदान्त हस्पिटलमा नि :शुल्क स्वास्थ्य शिविर सम्पन्न

इटहरी / बाल दिवसको अवसरमा इटहरी स्थित वेदान्त हस्पिटलमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बुधवार बिहान ७ बजे देखी सञ्चालन गरिएको स्वास्थ्य शिविरबाट ६५ बालबालिकाहरूले निःशुल्क स्वास्थ्य लाभ लिएका थिए । स्वास्थ्य शिविरमा वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ डा. सुरेशप्रसाद साह तथा डा. आदर्श झाद्वारा राष्ट्रिय बाल दिवसको अवसरमा ६५ बालबालिका निःशुल्क स्वास्थ्य परीक्षण गरिएको अस्पतालका निर्देशक इन्द्र श्रेष्ठले जानकारी दिएका छन् । साथै श्रेष्ठले विभिन्न स्वास्थ्य सेवाहरूमा २५ प्रतिशत छुटको व्यवस्था रहेको समेत बताएका छन् ।

प्रदेश १ को इटहरी लाई केन्द्रीकृत गर्दै वेदान्त अस्पतालले विभिन्न अस्पतालमा आबद्ध रहेका दक्ष, अनुभवी एवं तालिम प्राप्त डाक्टरहरू द्वारा २४ सै घण्टा एमबिबिएस डाक्टरद्वारा इमर्जेन्सी सेवा प्रदान गर्दै आइरहेको छ । अस्पतालमा पेट सम्बन्धी सेवाहरू साथै पित्त थैलीको पत्थरी, एपेन्डिक्स, हाइड्रोशील, हर्नियाँ, पायल्स, सिफर, फिस्टुला, पेट रोग, स्तन रोग, मृगौला पथरी, प्रोस्टेट, पिलो, कान चुँडिएको, लिङ्गको छाला नफर्केको, नङ गाडिएको शरीरका कुनै पनि ठाउँमा गाँठा गुठी मुसा, खिल र अन्य कुनै पनि सर्जरीलगायतको सेवा दैनिक रूपमा प्रदान गरिने वेदान्त हस्पिटलका सञ्चालक इन्द्र श्रेष्ठले जानकारी दिएका छन्।

दैनिकरुपमा हाड जोर्नी तथा नसा रोग विशेषज्ञद्वारा C-arm machine प्रविधिबाट भाँचिएको हड्डीहरूमा स्टिल वा के–वार राखी अप्रेसन गरिनुका साथै हात खुट्टा भाँचिएको, हात वा खुट्टामा सिन्का बिझेको, मासु पलाएको, नङ गाडिएको, दक्ष तालिम प्राप्त र अनुभवी वरिष्ठ डाक्टरहरूद्वारा अप्रेसन गरिने सञ्चालक श्रेष्ठले बताए । यसै गरी दैनिक रूपमा वरिष्ठ फेमिली फिजिसियन, हाड जोर्नी तथा नसा रोग, बाल तथा नवजात शिशु रोग, स्त्री तथा प्रसूति रोग, छाला तथा यौन रोग, भिडियो एक्स-रे लगायतका बिभिन्न स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेकाे छ।

प्रतिक्रिया

सम्बन्धित