इपिएस उत्तीर्ण विद्यार्थीहरूलाई लोटसद्वारा बधाई ज्ञापन

इटहरी / इटहरीमा रहेको लोटस मल्टि ट्रेनिङ प्रालिले इपिएस उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन गरेको छ । इपिएस उत्तीर्ण गर्ने विद्यार्थीहरूलाई वैदेशिक अध्ययनमा जाने तथा काममा जानेहरूलाई सहजता र सफलता मिलोस् भन्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको लोटसका अध्यक्ष रवीन्द्र निरौलाले बताए । उनका अनुसार दुई सय बढी विद्यार्थीहरूले इपिएस उत्तीर्ण गरेका थिए ।

सन् २००० देखि विभिन्न विधामा तालिम तथा विदेशी भाषा अध्यापन गराउँदै आएको यस संस्थाबाट हालसम्म हजार बढी विद्यार्थीहरूले विदेश यात्रा सफलतापूर्वक सम्पन्न गरिसकेको निरौलाले बताए ।विद्यार्थीहरूलाई मेहनत र परिश्रमले पाएको सफलतालाई निरन्तरता दिनको लागि अझ सचेत बन्दै कोरिया गएपछि आफ्नो स्वास्थ्यलाई ख्याल गर्दै काम गर्नुपर्ने उनको भनाई छ । निरौंलासहित कोरियन भाषा प्रशिक्षक लोकेन्द्र घिमिरे र लीलाराज घिमिरेले विद्यार्थीहरूलाई बधाई ज्ञापन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित