बुधबार इटहरीको बेदान्त हस्पिटलमा निःशुल्क स्वास्थ्य शिविर हुँदै

इटहरी / इटहरीमा रहेको बेदान्त हस्पिटलमा बुधबार निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । राष्ट्रिय बाल दिवसको अवसर पारेर बुधबार एकदिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्न लागिएको हस्पिटलका प्रबन्ध निर्देशक इन्द्रबहादुर श्रेष्ठले बताए ।

उनका अनुसार वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ डा. सुरेशप्रसाद साहले बालबालिकाको स्वास्थ्य परीक्षण गर्नेछन् ।बाल दिवसको अवसरमा बालबालिकाका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागिएको श्रेष्ठले बताए । बिहान ७ बजेदेखि सञ्चालन हुने शिविरमा ल्याब सेवा, भिडियो एक्सरे सेवा औषधि सेवामा विशेष छुटको व्यवस्था गरिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित