८० जनाको निःशुल्क स्वास्थ्य परीक्षण

भक्तपु / क्लिनिक वान भक्तपुर र चित्तपोल युवा समूहद्धारा जोरपाटी सूर्यविनायक १० भक्तपुरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।शिविरमा ब्लड प्रेसर तथा ब्लड सुगर परीक्षण, कान, नाक तथा घाँटीको जाँंच र महिला रोगसम्बन्धी सेवा उपलव्ध थियो ।

शिविरमा स्त्रीरोग विशेषज्ञ डा. प्रियंका त्रिपाठी तथा कान, नाक तथा घाँटी रोग विशेषज्ञ डा. रुपक खड्काका साथै क्लिनिक वानका नर्स तथा अन्य स्वयमसेवकहरूले सेवा दिएका थिए । शिविरमा जोरपाटी सूर्यविनायक बस्ने ८० भन्दा बढी स्थानीयले सेवा लिएका थिए ।

शिविरमा कान, नाक तथा घाँटी रोगकाे सेवा उपलब्ध गराएकाे विशेषज्ञ डा. रुपक खड्काले बताए । डा. खड्काका अनुसार शिविरमा आएका व्यक्तिहरूमा कानको जालीको समस्या देखिएको थियो । शिविरमा सेवा लिन आएका अधिकंश महिलामा गुप्ताङ्गको संक्रमण देखिएको स्त्री रोग विशेषज्ञ डा. त्रिपाठीले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित