प्याब्सन राष्ट्रिय लोक नृत्यमा सिद्वार्थ बन्याे प्रथम

सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचामा रहेको सिद्धार्थ सेकेन्डरी स्कूल पाेखरामा भएको प्याब्सन राष्ट्रिय लोक नृत्य प्रतियोगितामा प्रथम भएको छ । सिद्वार्थ सेकेन्डरी स्कूलले राष्ट्रिय लोक नृत्य प्रतियोगितामा प्रथम भएर नगद रू १ लाखकाे साथमा ट्रफि मेडल र प्रमाणपत्र हात पार्न सफल भएको हाे । यस विद्यालयलाई सुन्दरहरैँचा नगरपालिकाकाे तर्फबाट समेत नगद रू २ लाख दिने घाेषणा गरिएकाे सुन्दरहरैँचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाईले जानकारी दिए ।

सिद्धार्थ सेकेन्डरी स्कूल प्याब्सन लोकनृत्यमा सुन्दरहरैँचा नगर प्रथम , मोरङ जिल्ला प्रथम साथै प्रदेश नं १ प्रथम हुँदै राष्ट्रिय प्रतियोगितामा समेत प्रथम भएको सिद्धार्थ सेकेन्डरी स्कूलका प्रिन्सिपल अर्जुन बस्नेतले बताए ।

प्रतिक्रिया

सम्बन्धित