इटहरीमा ई–क्यान पूर्वाञ्चलले शैक्षिक मेला सुरु : सामाजिक विकास मन्त्री राजन राईले गरे उद्घाटन

इटहरी / बुधबार (आज) प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले मेलाको उद्घाटन गरेका हुन् । इटहरी, धरान र विराटनगरका आयोजना हुने शैक्षिक मेलाको बुधबार उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले मुलुकको सामाजिक परिवर्तनमा शिक्षा क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताए । ‘संसार परिवर्तनको निम्ति शिक्षा क्षेत्रको योगदान महत्वपूर्ण छ,’ उनले भने, ‘पछिल्लो समय शिक्षा क्षेत्रको विकासका निम्ति नेपाल सरकारसँगै निजी क्षेत्रले पनि महत्वपूर्ण योगदान पु¥याएको छ ।’ उनले आम मानिसले राज्यबाट शिक्षा क्षेत्रमा लगानी नभएको गुनासो आएपनि राज्यले शिक्षा क्षेत्रको गुणस्तरका निम्ति लगानी गरिरहेको तर्क गरे ।

‘शिक्षामा सरकारको लगानी हुनुपर्छ भन्ने धेरैजसोले भन्दै आउनुभएको छ, शिक्षाको गुणस्तर वृद्विका निम्ति सरकारले लगानी गर्दै आएको छ ।’ उनले भने । ई–क्यान पूर्वाञ्चलले विद्यार्थीप्रति लक्षित गरी आयोजना गरेको शैक्षिक मेलाले विद्यार्थीको शैक्षिक गुणस्तरमा टेवा पुग्ने उनले बताए । कार्यक्रममा ई–क्यान केन्द्रका निवर्तमान अध्यक्ष विष्णुहरि पाण्डेले विद्यार्थीले एउटा मात्रै कन्सल्टेन्सीको कुरा पत्याएर तुरुन्तै भर पर्न नहुने बताए । उनले फरकफरक कन्सल्टेन्सीमा र विश्वसनीय माध्यमबाट मात्रै शिक्षा लिनुपर्ने बताए ।

कार्यक्रममा ई–क्यान पूर्वाञ्चलका सल्लाहकार कमल प्रसाद तिम्सिनाले गुणस्तरीय शिक्षा प्रदान गरिनुपर्छ भन्ने उदेश्यले उक्त मेलाको आयोजना गरिएको जनाए । ई–क्यान पूर्वाञ्चलका अध्यक्ष प्रकाश लकान्द्रीका अनुसार युवा विद्यार्थी वर्गलाई लक्षित गरी शैक्षिक मेला आयोजना गरिएको हो । उनका अनुसार ई–क्यानले तेस्रोपटक मेलाको आयोजना गरेको हो । बुधबार इटहरीको दुर्गा पार्टी प्यालेसमा गरिएको कार्यक्रम २३ गते बिहीबार धरानको सिद्वि नेवा परिषद्को भवन र २४ गते शुक्रबार विराटनगरको नमस्कार होटलमा आयोजना गरिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित