मेरिल्याण्डकी छात्रा दिया अग्रवाल कक्षा १२ मा नेपाल प्रथम

विराटनगर / विराटनगरस्थित मेरिल्याण्ड कलेजकी छात्रा दिया अग्रवाल कक्षा १२ को बोर्ड परीक्षामा नेपाल प्रथम भएकी छन् । राष्ट्रिय परीक्षा बोर्डद्वारा गत ज्येष्ठ महिनामा लिएको कक्षा–१२ परीक्षाको शुक्रबार प्रकाशित नतिजामा विराटनगर–७ स्थित मेरिल्याण्ड कलेजकी छात्रा अग्रवाल नेपाल प्रथम भएकी हुन् ।

उनले देशभरिकै कलेजका विद्यार्थीहरूलाई पछि पार्दै ३.९६ जिपिए ल्याएर नेपाल प्रथम भएको कलेजले दाबी गरेको छ । अग्रवाल पढाइमा एकदमै लगनशिल भएको कारणले अहिले आएर सफलता प्राप्त मिलेको अंग्रजी शिक्षक ईश्वर दाहालले बताए । भविष्यमा सिए पढ्ने इच्छा राखेकी दियाको उपलब्धिप्रति आमाबुबाले निकै खुसी व्यक्त गरेका छन् ।

२०७५ सालमा कलेजकी छात्रा द्वय पूजा शाह र निशा पोख्रेल समान ३.९२ जिपिए ल्याई मेरिल्याण्ड नेपाल प्रथम भएको थियो । व्यवस्थापन शिक्षामा राष्ट्रिय पहिचान बनाउन सफल मेरिल्याण्ड कलेज पूर्वकै अग्रणी शैक्षिक संस्थामा पर्दछ । गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले मेरील्याण्ड कलेजले हरेक वर्षको नीतिमा विद्यार्थीहरूले सर्वोत्कृष्ट नतिजा ल्याउँदै गरेको कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित