पूर्वाञ्चल विश्वविद्यालयमा गंगालाल हृदय केन्द्रको शाखा राख्न अवलोकन

सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा नगरपालिकामा रहेको पूर्वाञ्चल विश्वविद्यालय परिसरमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौंले प्रादेशिक शाखा विस्तारका लागि मंगलबार अध्ययन अवलाेकन गरेको छ । केन्द्रले प्रदेश १ काे लागि सुन्दरहरैँचामा केन्द्रीय कार्यालय रहेको पियूमा शाखा विस्तार गर्न पहिलाे चरणमा सम्भावित ठाउँकाे अध्ययन अवलाेकनकाे गरेको हाे । गंगालाल राष्ट्रिय हृदय केन्द्रका सञ्चालक तथा शाखा विस्तार संयोजक विजय राई तथा स्वास्थ्य मन्त्रीका स्वकीय सचिव मनोज लिम्बू सहितले परिसरको अवलोकन गरेका थिए ।

विश्वविद्यालय परिसरको अवलोकनका क्रममा नगरप्रमुख केदारप्रसाद गुरागाईले राष्ट्रिय हृदय केन्द्रको शाखा पियूमा सञ्चालन गर्न आवश्यक सहजीकरण र सहयोग गर्ने बताए । नगर प्रमुख गुरागाईंले प्रदेशको सबैभन्दा पायक पर्ने ठाउँ सुन्दरहरैँचाकाे पियू भएकाले चाँडै अन्तिम निर्णय गरेर यो ठाउँबाट सेवा शुरू गर्न अनुगमन टोलीलाई आग्रह समेत गरे ।

अध्यायन अवलाेकनका क्रममा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा यादवराज कोइरालाले सबैको पायक पर्ने ठाउँ पियू भएकोले यहाँ शाखा राख्न अनुरोध गर्दै विश्वविद्यालयको तर्फबाट सक्दाे सहयोग गर्ने उल्लेख गरे ।उनले विश्वविद्यालयले पनि मेडिकल कलेज सञ्चालनको तयारीमा रहेको बताउँदै यो विषयको अवलाेकनले आफू हर्षित भएकोले कोभिड अस्पतालको रूपमा सञ्चालन भएको भवनबाटै हृदय रोगको उपचार गर्न सकिने बताए ।

राजधानी बाहिर पनि हृदय रोगको उपचार सहज रूपले गराउने उद्देश्यले शाखा विस्तार गर्न लागिएको हाे। यो सेवा सुरू भएमा मुटुका बिरामीको इसीजी, इको गरिनेछ भने ५ वर्ष भित्रमा मुटुको अप्रेसन गर्न सक्ने गरी सेवा दिने लक्ष्य रहेको केन्द्रले जनाएको छ । कार्यक्रममा अध्यायन अवलाेकनका साथै गंगालाल हृदय केन्द्रकाे प्रादेशिक शाखा राख्न छलफल समेत भएको थियाे ।

प्रतिक्रिया

सम्बन्धित