सुकुना बहुमुखी क्याम्पसमा  कविता  वाचन

सुन्दरहरैँचा / सुन्दरहरैँचा स्थित सुकुना बहुमुखी क्याम्पसमा  साहित्यकार एवम् नाट्य कलाकार भरत गुुरागाई (बर्बरिक) बाट कविता वाचन सम्पन्न  भएको छ ।   विद्यार्थीहरूकाे  सिर्जनात्मक क्षमता  विकासमा प्रेरणा जगाउने उद्देश्यले सुकुना बहुमुखी  क्याम्पस, अतिरिक्त क्रियाकलाप समितिकाे आयाेजनामा कार्यक्रम भएको थियाे। साहित्यिक आस्वादनका लागि कार्यक्रम उत्कृष्ट रह्याे । कार्यक्रममा विद्यार्थीहरूले पनि आआफ्ना गजल सिर्जनाहरू प्रस्तुत गरेका थिए  ।

     कार्यक्रमकाे अाैचित्य माथि प्रकाश डा.  दीपकप्रसाद न्याैपानेद्वारा भएको थियाे ।   अतिरिक्त क्रियाकलाप समितिका संयाेजक उमानाथ भट्टराईकाे अध्यक्षता भएको कार्यक्रममा  क्याम्पस प्रमुख चन्द्रमणि राई  प्रमुख अतिथि थिए।      करिव २ सय भन्दा बढी विद्यार्थीहरूकाे सहभागितामा भएको  कार्यक्रममा क्याम्पस प्रमुखबाट कविलाई प्रगतिकाे कामनासहित धन्यवाद ज्ञापन गरिएको थियाे ।  भरत गुरागाई जस्ता प्रतिभा तथा क्षमता भएका विद्यार्थीहरू बन्न सकूुन् भन्ने कामना कार्यक्रमका वक्ताहरूले प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित