इटहरी प्रिमियर होटल स्कुलका विद्यार्थीहरूसंग पूर्वप्रधानमन्त्री ओली

इटहरी / पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जीवनोपयोगी शिक्षा र यसको महत्वबारे प्रष्टाएका छन् । झापाको पाँचतारे होटल किङ्सबेरीमा प्रिमियर होटल स्कुल तथा प्रिमियर ग्लोबल स्कुलको कक्षा ११ का विद्यार्थीहरू संग पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जीवनोपयोगी शिक्षा र यसको महत्वबारे प्रष्टाएका हुन् । उनले शिक्षा अाफ्नाे तथा मानव समाजकाे लागी अपरिहार्य रहनुका साथै जीवनोपयोगी शिक्षा र यसको महत्वबारे प्रकाश पारेका थिए ।

विद्यार्थीसँगको साक्षात्कार कार्यक्रममा ओलीले इतिहास, दर्शन तथा भौतिक विज्ञानका बिषयमा प्रकाश पारेका थिए । उनले ओलीले महर्षि चाणक्यले ज्ञान प्रदान गरेको समयदेखि लिएर लिएर सर्जरी, औषधि विज्ञानका बारेमा बताउँदै भौतिकशास्त्री न्युटनले गुरुत्वाकर्षणको सिद्धान्त पत्ता लगाउनुभन्दा ५ सय वर्ष पहिला भास्कराचार्यले सो सिद्धान्त पत्ता लगाइसकेको समेत उल्लेख गरेका थिए ।

स्याउ रुखबाट तलतिर कसरी झर्छ भनेर सोह्रौ सताव्दीमा न्युटनले पत्ता लगाएको सिद्धान्तभन्दा भास्कराचार्यले ११५० मा लेखेको सिद्धान्तशिरोमणि भन्ने किताबले पृथ्वीको तौल, व्यास, पृथ्वी र चन्द्रमाको द”रीबारेमा समेत नापेको बताउँदै ओलीले हामी खोज र आविष्कार गर्ने पुस्ताको सन्तान भएको जानकारी विद्यार्थीलाई गराएका थिए । निर्वाचनलक्षित कार्यक्रम लिएर आफ्नो गृहजिल्ला झापा आएका हुन् ।

कार्यक्रममा काठमाडौँको म्यारियट होटलका लर्निङ डाइरेक्टर रुपेश त्रोष्ण, प्राइड हस्पिटालिटीका प्रमुख नितेश पोखरेल र पाण्डे ग्रुपका डाइरेक्टर कृष्णहरी पाण्डेलगायतहरूकाे उपस्थिती रहेकाे थियाे । प्रिमियर ग्लोबल स्कुलका कार्यकारी प्रमुख सुनिल भुसालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको उक्त कार्यक्रममा विद्यार्थीलाई कलेजमा गएर अध्ययन सुरु गर्नुपूर्व विषयको पूर्वज्ञान र त्यसको महत्वको बारेमा बुझ्नुपर्ने आवश्यता रहेकाले होटल भ्रमण गराइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित