इटहरीमा एक्सपर्टले भदौ ८ गते शैक्षिक मेला आयोजना गर्ने

इटहरी / इटहरीमा एक्सपर्ट एजुकेसनले भदौ ८ गते शैक्षिक मेला आयोजना गर्ने भएकाे छ । विदेश पढ्न चाहने विद्यार्थीहरुलाई लक्षित गरी भदौ ८ गते इटहरी गाेरखा गल्ली स्तिथत अाफ्नै कार्यालयमा एक्सपर्ट ग्राण्ड एजुकेसन फेयर २०२२ को आयोजना गर्ने भएको हाे । एजुकेसन फेयरमा उक्त कार्यक्रममा विदेश अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थी र अष्टे्रलिया, क्यानडा, युके र अमेरीकाका विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुले एक अर्कासंग प्रत्यक्ष रुपमा संवाद गर्न सक्ने एक्सपर्ट एजुकेसन इटहरीका प्रबन्ध निर्देशक कमल तिमल्सिनाले बताए ।

विगतका बर्षहरुमा पनि एक्सपर्टले विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई परामर्श प्राप्त गर्न सहज होस् भनेर विभिन्न फेयर तथा सेमिनारहरु आयोजना गर्न लागिएकाे जनाइएकाे छ । विगतमा गरेका यस्ता कार्यक्रमहरुबाट हजारौं विद्यार्थीहरु लाभान्वित भएका र उनिहरुले विदेशमा आफ्नो अध्ययनको अभिलाष पुरा गर्न सफल भएका छन् । विगतका बर्षमा कोरोनाका कारण सिर्जित यात्रा प्रतिबन्धहरुका कारण प्रत्यक्ष रुपमा यस्ता कार्यक्रमहरु आयोजना गर्न सम्भव नरहेका एक्सपर्टले जनाएकाे छ ।

वैदेशिक अध्ययनकालागि प्रमुख गन्तब्यको रुपमा रहेका राष्ट्रहरु अष्टे्रलिया, क्यानडा, युके र अमेरीकाले आफ्नो देशमा अध्ययन गर्न आउन चाहने विदेशी विद्यार्थीका लागि सहज हुने आकर्षक नीतिहरु हाल अवलम्वन गर्न थालेका र यसले विदेश अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई प्रचुर सम्भावनाहरु सृजना गरेको निर्देशक भुवन पाण्डेले जानकारी दिए । नेपालका प्रमुख २१ शहरहरु तथा विश्वका १३ देशका ५० भन्दा बढी शहरहरुमा शाखाहरु संचालनमा रहेको एक्सपर्ट एडुकेशन एण्ड भिजा सर्भिसेजले वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई विगत दुई दशक देखि आधिकारीक र विश्वसनिय परामशर् प्रदान गर्दै आएको पाण्डेले बताए । उनले वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई विश्वसनिय जानकारीहरु प्रदान गर्ने उद्घेश्यले यस संस्थाले विगतका बर्षहरुमा झै यस बर्ष पनि नेपालका प्रमुख शहरहरु धनगढी, नेपालगञ्ज, बुटवल, पोखरा, नारायणगढ, हेटौडा र मिति २०७९ साल भाद्र ८ गते तद अनुसार २०२२ अगष्ट २४ तारीक बुधवारका दिन इटहरी स्थित आफ्नै कार्यालय रहेको भवनमा ‘एक्सपर्ट ग्रान्ड एडुकेशन फेयर २०२२ अगष्ट’ आयोजन गर्न लागेको बताए । यस कार्यक्रममा करिब ५०० देखी १००० विद्यार्थी तथा अभिभावकहरुको सहभागिता रहने अपेक्षा राखेकाे समेत बताए ।

नेपालका बिभिन्न शाखाहरु मध्येको एक इटहरी शाखाले बिगत १ दशक देखी यस क्षेत्रमा आफ्नो सेवा पुर्‍याइ पुर्व क्षेत्रका बिभिन्न स्थानहरुका विद्यार्थीहरुलाई अष्ट्र्लिया, बेलायत, क्यानडा तथा अमेरिकामा आफ्नो शैक्षिक उन्नयनकालागि सहजिकरण गदै आएको छ । सो दैरानमा यस शाखाले करिब १००० भन्दा बढि विद्यार्थीलाई वैदेशिक अध्ययनका लागि परामर्श प्रदान गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित