मृत्यु पछि मानव अङ्ग मतिष्कको दान बिपी अस्पतालमा गर्छु : स्वास्थ्य मन्त्री भवानी खापुङ

धरान / स्वास्थ्य मन्त्री एवं प्रतिष्ठानका सहकुलपति भवानी खापुङ आफ्नो मृत्यु पछि मानव अङ्ग  मतिष्कको  दान बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गर्ने बताएका छन्। 
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वास्थ्य सेवा सुधारको लागि निरन्तर भइरहेको आन्दोलन सेभ घोपा अभियान सम्बोधन गर्नु शनिवार धरान आएका मन्त्रीले प्रमुख अतिथिको मन्तव्य राख्दै खापुङले सो कुरा बताएका हुन्। 

  उनले आन्दोलनलाई  सम्बोधन गर्दे  मन्त्रीले भने ‘तपाईँहरूलाई बिपीको जति माया छ  मलाई पनि  त्यतिनै माया छ ।  भोलि बिहान बिपीका  मुख्य पदाधिकारी सहित र अस्पताल  निरीक्षण  गरिने  छ । अब आन्दोलन रोक्नुहोस् छलफल प्रक्रियाबाट अगाडी बढु उचित माग सम्बोधन  हुनेछन् ’ विज्ञानलाई कसैले नकार्न सकिन्न हामी जहाँ गए नि स्वास्थ्य उपचार सेवा एउटै हो त्यसैले पनि हामी सबै यस प्रकारको संस्थालाई धारासाइ हुनबाट जोगाउनुपर्छ । धरानको बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा प्रतिष्ठानको डेन्टल गेट अगाडी १३८ दिनदेखि हामी नेपालको सेभ घोपा बचाउ नामक जारी आन्दोलनको आज शनिवार बेलुकीबाट औपचारिक रूपमा गरिएको समापन समारोह लाई सम्बोधन गर्ने क्रममा सो कुरा  बोलेका हुन्। 
मन्त्री खापुङले कार्यक्रम समापनलाई सम्बोधन गरी बसेको र सोही क्रममा कार्यक्रममा सहभागी बासु चालिसे बिरामी पर्दा लाखौँ खर्च गरेर विदेशमा जाने र उपचार गर्ने भन्ने प्रश्न गर्दा उनै मन्त्री सो कुरालाई प्रस्ट पार्न पुन उठेर उत्तर दिएका थिए । उनले आफू पनि यही धरान नजिकै तेह्रथुममा जन्मेकोले कि त तेह्रथुमको जिल्ल अस्पताल कि त यही बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नै उपचार गराउने गरेको दाबी समेत गरेका छन् । उनले आफना नाबालक छोरा गम्भीर भइरहँदा समेत यही अस्पतालमा नै उपचार गरेको कुरा स्मरण गराउँदै भवानी खापुङ तपाईँहरूले सोचेजस्तो अन्य मन्त्री सरह नभएको जिकिर समेत गरे ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वास्थ्य सेवा सुधारको लागि निरन्तर भइरहेको आन्दोलन सेभ घोपा अभियान आज शनिवार समापन हुनु अगाडी अभियानका अभियन्ता तथा हामी नेपालका अध्यक्ष सुधन गुरुङले प्रतिष्ठानको स्वास्थ्य सेवा सुधारको लागि अघि सारिएको ३२ वटा मागहरू मध्ये अधिकांश पुरा भइसकेको छ भने अबको क्रममा एक मात्र माग जो सम्पूर्ण कर्मचारी पदाधिकीहरुको सम्पत्ति सुद्धिकरणको रहेको छ सो कार्य पनि आफूहरूले बुझेअनुसार मन्त्रालय बाट नहुने भन्दै त्यसका लागी माथिल्लो निकाय अक्तियार दुरुपयोग अनुसन्धान नै भएको बताएका थिए । गुरुङले दीर्घकालिन रुपमा गर्नुपर्ने सुधारको कामहरुको प्रक्रिया अघि बढेको छ ।

गुरुङले भने भोलि हामीहरू मिडियाहरू लिएरै नै बिहान मन्त्री समेतको टोली अनुगमन गर्देछौ अब पनि सम्पत्ति सुद्धिकरणमा आनाकानी भयो भने हामी काठमाडौँ केन्द्रित आन्दोलन जारी राख्छौ । उनका अनुसार कार्यदलले दिएको प्रतिवेदन अनुसार १५ दिनभित्र पुरा हुनुपर्ने मागहरू पुरा भइसकेको छ । अब एमआरआई मेशिन खरिद, एमसिएच भवन, ट्रमा सेन्टरको भवन लगायत मागहरूको विषयमा पनि प्रतिष्ठानले सम्बन्धित निकायमा पत्राचार गरिसकेको र प्रक्रिया अघि बढेको प्रतिष्ठानबाट औपचारिक रूपमा नै आन्दोलनरत पक्षलाई जानकारी आएको छ ।

सोही कारणले पनि अब हामी नेपाल तथा धराने जनताहरू सडक आन्दोलनलाई रोकेर अन्य किसिमले माग पुरा गर्न दबाब दिइने पनि गुरुङले बताएका थिए । वि पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुधारका लागि गएको असार २९ गते आमरण अनशन समेत बसेका थिए भने श्रवण १४ गते देश व्यापी आन्दोलन गर्ने घोषणा नै गरिएको थियो ।

आमरण अनशनको घोषणा पश्चात् वि पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रशासन र नेपाल सरकारले आन्दोलनदत्त पक्षको मागहरूलाई गम्भीर रूपमा लिई नेपाल सरकारले आफ्नो प्रतिनिधि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका स्वास्थ्य मन्त्री माननीय भवानी खापुङ्गलाई वि पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहकुलपति डा. ज्ञानेन्द्र गिरि मार्फत सम्बोधन गर्ने प्रतिबद्धता जाहेर गर्न समेत मन्त्री धरान आइपुगेका हुन । हामी मागहरू कार्यान्वयन गराउन प्रक्रिया अगाडि बढाएर नेपाली जनताले विगत ५ महिना देखि गरिरहेको सङ्घर्षलाई सम्मान गर्दै मन्त्रीले आज साँझ करिब साढे ६ बजेबाट सम्बोधन गरेका हुन्।

सोही क्रममा हामी नेपालले आन्दोलनमा सहभागी हरेक धराने वासी, विभिन्न सङ्घसंस्थाहरू तथा सञ्चारकर्मीहरूलाई निरन्तर नैतिक, भौतिक तथा आर्थिक साथ समर्थनका लागी धन्यवाद सहित सम्मान पत्रले सम्मान समेत गरेको थियो । सयौँ धराने सहभागी उक्त कार्यक्रममा हामी नेपालले घोपा बचाउन आन्दोलनले ठुलो भूमिका खेलेको र अन्नतह हामी नेपाल र धराने जनता घोपा बचाउन बिजयी भएको प्रति विजय उत्सव मनाउनका लागी पनि आजको कार्यक्रम आयोजना गरिएको बताएका छन् । यसै बिच मन्त्री खापुङ धरानकै बिपी प्रतिष्ठानभित्रको भिआइपी गेस्ट हाउसमा बसेको र भोलि बिहान ८ बजेबाट नै बिपी प्रतिष्ठानको सम्पूर्ण समस्याका बारेमा अनुगमन समेत गर्ने कार्यक्रम तय भएको छ।

प्रतिक्रिया

सम्बन्धित