आज रोपाइँ जात्रा मनाइँदै

नेवार समुदायले आज रोपाइँ जात्रा मनाउँदै छन् । रोपाइँ जात्रा असारको महिना धानको रोपाइँ गरी सके पछि मनाइने प्रचलन छ । यो नेवार संस्कृतिबाट शुरू भएको जात्रा हो।धान रोप्ने काम सकिएको खुसीयालीमा यो जात्रा मनाइन्छ। यो जात्रामा रोपाइँमा धान रोपे झैँ गरी नाच्ने गाउने गरिएको छ ।

रोपाइँ जात्रा मनाउन खेतालाहरू जम्मा भएर बाजागाजाका साथ ज्युला अर्थात धान रोप्ने खेतहरू मात्र भएको स्थानमा गएर असारे गीत गाउँदै र नाँच्दै रमाइलो गर्ने गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित