विविध कार्यक्रमकासाथ इटहरी नमुना कलेजले मनायाे अन्तर्राष्ट्रिय युवा दिवस

इटहरी / अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा इटहरी नमुना कलेजले विविध कार्यक्रमकासाथ मनाएकाे छ । कलेजले “अन्तर पुस्ता ऐक्यबद्धता: “सबै उमेर समुहमैत्री विश्व निर्माणमा प्रतिवद्धता” भन्ने मुल नाराका साथ रक्तदान, अन्तरकृया तथा सांस्कृतिक कार्यक्रमका साथ युवा दिवस मनाएकाे हाे । संयुक्त राष्ट्र संघको पहलमा प्रत्येक बर्षको अगष्ट १२ तारिकका दिन अन्तर्राष्ट्रिय युवा दिवसका दिन युवा लक्षित विभिन्न कार्यक्रमको आयोजना गरि मनाउने गरिन्छ।

कार्यक्रममा बाेल्दै क्याम्पस प्रमुख धर्म न्यौपानेले व्यक्ति, परिवार,समुदाय र सिङ्गो राष्ट्र विकासमा युवाको योजदान दर्शाउनका निम्ति युवा दिवस मनाइने गरेको र युवालाई जिम्मेवार बनाउदै निति निर्माण तहमा पनि युवाहरुको सहभागिता सुनिश्चित गरिनु पर्ने कुरामा जाेड दिएका थिए ।

त्यस्तै कलेज संचालक समितिका अध्यक्ष केशव खड्काले युवाहरु विना देशको राजनैतिक, आर्थिक, सामाजिक लगायतका परिवर्तन सम्भव नभएका कारणले उनिहरुलाई सहि ढङ्गले राज्यले व्यवस्थापन गर्नुपर्ने बताएका छन् । कार्यक्रममा चलचित्र निर्देशक तथा गायक तुलसी घिमिरे, ग्रीन पिस लिङ्कन कलेजका प्रीन्सिपल मुक्तिराज सुवेदि लगायतहरुको उपस्थिति रहेको थियो। रेडक्रस उपशाखा धरानको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा ६० प्रीन्ट रगत संकलन भएको थियो।

कलेजले स्नातक तहमा वि.वि.ए, वि.एस.डब्ल्यु., वि.सी.ए. वि.एच.एम. वि.वि.एस.का कोर्सहरू सञ्चालन गर्दै आएको छ । साथै सुनसरीमा पहिलो पटक प्लस टु मा कानुनको पढाई सुरु गर्ने पहिलो कलेजका रूपमा समेत रहेको छ । साथै कक्षा 11/12 मै साइन्स, कम्प्युटर, म्यानेजमेन्ट विषयको समेत पठनपाठन गरिरहेको छ शिक्षा क्षेत्रमा समर्पित र अनुभवी शिक्षक तथा व्यवस्थापकहरू रहेको यस कलेजमा विद्यार्थीहरूको व्यक्तित्व विकासका लागि खेलकुद लगायतका सुविधा समेत उपलब्ध गराएको छ ।

विद्यार्थीहरूको बौद्धिक विकासकालागि विभिन्न प्रकारका प्रतियोगिताहरू समेत आयोजना गर्दै आएको छ । पठनपाठनका आधुनिक पद्धतिहरू अवलम्बन गर्दै यस कलेजले प्रयोगात्मक क्रियाकलापहरूलाई पनि उत्तिकै जोड दिँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित