विराटनगरस्थित विराट नर्सिङ होममा उन्चालीस वर्षीया महिलाको पाठेघरबाट निकालियाे करिव १० किलो ट्युमर

विराटनगर / विराटनगरस्थित विराट नर्सिङ होममा एक महिलाको पाठेघरबाट ९ किलो २०० ग्रामको फाइब्रोड नामक ट्युमर शल्यक्रिया गरी झिकिएको छ ।
मोरङको पथरी शनिश्चरे नगरपालिका–४ निवासी ३९ वर्षीया महिलाको पेटबाट अस्पतालका चिकित्सक ज्ञानेन्द्रमान सिंह कार्कीको नेतृत्वमा सफल शल्यक्रिया भएको हो ।

करिब एक घण्टा २० मिनेट लगाएर गरिएको शल्यक्रियामा डा. भानु न्यौपाने, डा वात्सल्य अर्याल, डा फारिदा खातुनलगायतको टिम सहभागी थियो । सफल शल्यक्रियापछि डा कार्कीले यति धेरै वजनको मासुको थुप्रो लिएर ती महिला अस्पतालसम्म आउन सक्नु आश्चर्य भएको उल्लेख गर्दै भन्नुभयो, “शल्यक्रिया सफल भयो, बिरामीको अवस्था सन्तोषजनक छ खुसी लागेको छ ।”

विगत दुई वर्षदेखि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियमित परीक्षण गर्दा सानो पाँच÷छ सेमी आकारको मासु पलाएको रिपोर्ट थियो । कोरोनाका कारणले पुनः उपचार र परीक्षण हुननसकेको तर पेटमा कुनै समस्या पनि देखा नपरेको बिरामीको आफन्तले बताएका छन् ।

आफन्तका अनुसार विस्तारै विस्तारै पेट बढ्दै गयो । मोटाएको जस्तो महसुस भयो तर कुनै दुःख अप्ठ्यारो नभएको हुनाले ठीकै छ भनेर बिरामी घरमा बसिरहेकी थिइन् तर पेट धेरै मोटाएको हुनाले विराट नर्सिङ होममा आएर परीक्षण गर्दा ३०/४० सेमी आकारको ट्युमर देखा प¥यो । शल्यक्रिया नगरी अरु उपाय नभएको चिकित्सकले बताएपछि शल्यक्रिया गर्नुपरेको बिरामी कुरुवा बसेका आफन्तले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित