व्यवहारिक र सैद्धान्तिक शिक्षामा अब्बल प्रिमियर

इटहरी / सुनसरीको इटहरी स्थित हाेटल प्रिमियर स्कुल र प्रिमियर ग्वबल स्कुल व्यवहारिक र सैद्धान्तिक शिक्षामा अब्बल साबित भएका छन् । म्यानेजमेन्ट विषयमा पठनपाठन सञ्चालन गरिरहेको कलेज इटहरीमा फरक तरिकाले अध्यापन गराउने कलेजको रूपमा स्थापित भएको छ । पठनपाठनका साथै अतिरिक्त तालिमहरू समेत प्रदान गर्ने भए पछि विद्यार्थीहरूका आकर्षण बढ्दै गएको हो ।

कलेजले व्यवहारिक र सैद्धान्तिक शिक्षालाई जोड दिँदै आएको प्रिन्सिपल सुवास लुइँटेलले बताए । सामान्य शिक्षा भन्दा पनि सिप मूलक शिक्षा आवश्यक भएकाले त्यही अनुसार पठनपाठन गरिने उनको भनाइ रहेको छ । कलेजमा डिजिटल माध्यमबाट प्रविधिको प्रयोग गर्दै पढाइ हुने गरेको छ । पढाइका अलावा अतिरिक्त क्रियाकलापमा समेत कलेज अब्बल रहेको छ । कलेजमा हाेटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ट्राभल-टुरिजम लगायतका विषयहरूमा पठनपाठन हुने गरेको छ ।

कलेजले विद्यार्थीको सङ्ख्या धेरै बनाउने भन्दा पनि सीमित विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । एउटा कक्षामा ३० जना मात्रै विद्यार्थी राखेर पठाउने गरिएको छ ।

नियमित कक्षाहरूका साथै अतिरिक्त तालिमहरू समेत प्रदान गरिने यस कलेज बाट ३ वटा अलग अलग प्रमाणपत्र समेत प्रदान गरिने सञ्चालक सुनिल भुसालले जनाए । विद्यार्थीहरूलाई काठमाडौँ, पोखरा लगायतका स्थानका क्लाेज क्याम्प तथा पाँच तारेहाेटलहरूमा अवलोकन भ्रमण तथा सफ्ट स्किल तालिमको समेत व्यवस्था रहेको उनले बताए । साथै दक्ष्य विद्यार्थीलाई रोजगारीको अवसर समेत प्रदान गरिने उनको भनाइ रहेको छ ।

स्नातक उत्तीर्ण गरेका विद्यार्थी समेत बेरोजगार बन्नु परिरहेको वर्तमान अवस्थामा पढ्दै काम गर्दै गर्ने र एउटा विषय पढेका विद्यार्थीलाई अन्य विषयमा समेत ज्ञान दिने उद्देश्यका साथ इटहरीमा पहिलो पटक यो मोडलको शिक्षा दिन लागिएको कलेजको उनले बताए ।

यस कलेजबाट उच्च शिक्षा लिएका ४७७ जना विभिन्न २१ वटा देशमा कार्यरत रहेका छन् । लन्डन, अमेरिका, अस्ट्रेलिया लगायतका देशमा विद्यार्थीहरू कार्यरत रहेका छन् । उनीहरूबाट इटहरीमा मासिक २ करोड नेपाल भित्रिने गरेका तथ्याङ्क समेत कलेजले निकालेको छ ।

यसका अलावा कलेजले अतिरिक्त क्रियाकलापलाई समेत प्राथमिकतामा राखेको छ । विद्यार्थीलाई राष्ट्रिय खेलाडी सुरेन्द्र तामाङले फुटबलको र राष्ट्रिय खेलाडी दिलीप श्रेष्ठले भलिबलको प्रशिक्षण दिने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित