एसईईको नतिजा तीन दिनभित्र सार्वजनिक हुने

काठमाडौं । कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा अबको तीन दिनभित्र सार्वजनिक हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डको माध्यामिक शिक्षा परीक्षाको परीक्षा नियन्त्रण कार्यलयका परीक्षा नियन्त्रक अर्जुन कुमार रायमाझीले अबको तीन दिनभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिरहेको बताए । २०७९ वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन भएको २०७८ सालको एसईईको परीक्षामा करिब चार लाख विद्यार्थी सहभागी भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित