विराटनगर इन्टरनेसनल कलेजमा हस्पिटालिटी उद्यमशीलता सिरिजको दोस्रो संस्करण सम्पन्न

विराटनगर / बेलायतको पब्लिक विश्वविद्यालय व्लभरह्याम्टनको पाठ्यक्रम अनुसार विराटनगरमा सुरु भएको इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कोर्ष अन्तर्गतका विद्यार्थीहरुका लागि विराटनगर इन्टरनेशनल कलेजमा हस्पिटालिटी उद्यमशीलता सिरिजको दोस्रो सिरिज सम्पन्न भएको छ । इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्टका विद्यार्थीहरुका गरिएको इन्टरनेट र आइटीको प्रयोगबाट पुर्वमा रहेका बिभिन्न ठाउँको राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरमा प्रचारप्रसार गराउनु पर्ने प्रतियोगिताको सो सिरिजमा बिद्यार्थीहरुले आफ्नो कार्य प्रस्तुत गरेका थिए । कलेजले बिद्यार्थीको लागि बिभिन्न ५ विधाका प्रतियोगिताको सिरिज अन्तर्गत दोश्रो विधाको कार्यक्रम सम्पन्न भएको कलेजका अपरेशन प्रमुख बिबेक दाहालले बताए ।

प्रतियोगितामा पुर्वकै “श्रीलंका टापु” लिएर कार्य प्रस्तुत गरेको ५ जना बिद्यार्थीको समुह बिजयी भएको थियो । प्रतियोगिताको निर्णायकमा हस्पिटालिटी क्षेत्रकी उद्यमी डिना श्रेष्ठ रहेकी थिईन । बिजेता बिद्यार्थीले प्रमाणपत्र साथै अन्य पुरस्कार हासिल गरेका थिए ।

विद्यार्थीहरुका लागि उक्त कोर्षमा सैद्धान्तिक र व्यवहारिकता दुवै पक्षबाट हस्पिटालिटी क्षेत्रमा आवश्यक बिभिन्न स्किल सेट लेक्चर-ट्युटोरियल-वर्कशप सिक्न पाउने बिधि अन्तर्गत हस्पिटालिटी उद्यमशीलता सिरिज संचालन गरिएको कलेजका प्रमुख कार्यकारी डा. ऋषिकेश वाग्लेले बताए । सिरिज अन्तर्गत विद्यार्थीहरुले बिभिन्न भ्रमण योजना तथा कार्यन्वयन प्रतियोगिता,हस्पिटालिटी क्षेत्रमा आइटीको महत्व र उपयोगिता, इभेन्ट म्यानेजमेन्ट वर्कशप , आर्ट मेला लगायतका कार्यक्रम रहेका छन् ।

बिराटनगर इन्टरनेशनल कलेजमा इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट सहित बिगत ८ वर्षदेखि इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट (बिआइबिएम) पनि पढाइ हुदै आएको छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालित यस कलेजले विदेश नै गएर ठुलो लगानीमा अन्तरास्ट्रिय शिक्षा लिनुपर्ने बाध्यतालाई चिर्दै नेपालमै बेलायतका कोर्ष सर्वसुलभ खर्चमा पढाउदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित