सुकुना बहुमुखी क्याम्पसमा वक्तृत्वकला , स्रष्टासम्मान तथा रचनावाचन कार्यक्रम सम्पन्न

सुन्दरहरैंचा/ माेरङकाे सुन्दरहरैंचा स्थित २०९ ओैँ भानुजयन्तीका सन्दर्भमा विराट साहित्य समाजले अन्तर क्याम्पस स्तरीय वक्तृत्वकला प्रतियोगिता, स्रष्टासम्मान तथा रचनावाचन कार्यक्रम सम्पन्न गरेकाे छ । सुकुना बहुमुखी क्याम्पसकाे सभाहलमा कार्यक्रम भएको थियाे । कार्यक्रममा नेपाली भाषा तथा साहित्यका क्षेत्रमा याेगदान पुर्याउँदै आएका समाजका संस्थापक तथा पहिलाे र दाेस्राे कार्यकालका अध्यक्ष क्रमशः मेदिनीप्रसाद बराल साथै माेहनप्रसाद काफ्लेलाई सम्मान गरिएकाे थियाे ।

समाराेहमा एक दर्जन भन्दा बढी विभिन्न स्रष्टाका रचनाहरू वाचन भएका थिए । साथै वक्तृत्वकला प्रतियाेगितामा सुकुना बहुमुखी क्याम्पसका प्रबिन अधिकारी प्रथम, पथरी बहुमुखी क्याम्पसका छात्र भूपाल खतिवडा दाेस्राे तथा
गणेश लुइटेल तृतीय स्थान हासिल गरेर विजयी भएका थिए ।

समाजका अध्यक्ष उमानाथ भट्टराईको सभापतित्वमा सम्पन्न भएकाे साे कार्यक्रमकाे सञ्चालन समाजका सचिव एमणि अधिकारी तथा सहसचिव डा. दीपक न्याैपानेले गरेका थिए । समाजका उपाध्यक्ष विदुर सुवेदीले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए । कार्यक्रममा रेखा सुवेदी, बादलदेवी चाम्लिङ, तिला गाैतम,हिरा खड्का,नारायण पाैडेल लगायतका साहित्यकारहरूकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित