इटहरीका २५० भन्दा बढि स्थानमा वल्डलिकंले फ्रि वाइफाइ दिने

इटहरी / इटहरी उप महानगरपालिका बजार क्षेत्र तथा भित्री गाउका मुख्य स्थानहरूमा वल्डलिकंले फ्रि वाइफाइ जडान गर्ने भएको छ । इटहरीका मुख्य बजार क्षेत्रका प्रमुख ठाउँमा फ्रि वाइफाइ दिने भएको हो ।

विरेन्द्र चोक, गोल्डेन चोक, इटहरी इलाका प्रहरी कार्यलय , यातायात व्यवस्था कार्यलय लाइसेन्स, तरहरा चोक, हवाइचोक, फुलबारी टोल, बसपार्क ,गोर्खा, गोकुलम, गोकर्ण रिसार्ट, मझेरी, इपिल्यान्ड र बैकंहरुमा पनि वडलिकंले फ्रि वाइफाइ दिने बताएको छ ।

इटहरीका २५० र देश भर ४ हजार भन्दा धेरै स्थानहरूमा फ्री वाई फाइ जोन रहेको वल्ड लिङ्कले बताएको छ । वल्ड लिङ्कले हटस्पट मार्फत सेवा दिँदै आएको छ । ग्राहकहरूले माई वल्ड लिङ्क एसएस आइडीम कनेक्ट गरेर अनलिमिटेड चलाउन सक्नेछन्, भने अन्य प्रयोगकर्ताले दैनिक ९० मिनेट निःशुल्कमा चलाउन पाउनेछन् । वल्ड लिङ्क वाई फाइ माेविलिटिकाे सुविधा उपयोग गर्ने ग्राहकहरूले डाटामा खर्च बचाउनको साथै उच्च गतिको इन्टरनेट चलाउन पाउने वल्ड लिङ्कका म्यानेजर टिकारम सुवेदी जानकारी दिएका छन् ।

वल्ड लिङ्कलेका ग्राहकहरूले माई वल्ड लिङ्क वाई फाइ हटस्पट आफ्नो मावाइल मार्फत युजर नेम र एकाउन्टको पासवर्ड राखेर कनेक्ट गर्न सक्नेछ । साथै अन्य प्रयोगकर्ताले फ्री वल्ड लिङ्क वाई फाइमा मोबाइल नम्बर रजिर्टसर गरेर कनेक्ट गर्नु पर्ने वल्ड लिङ्कका सेल्स सुपरभाइजर गौतम गुरुङले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित