एस इन्स्टिच्युटमा “उद्यमशीलता यात्रा” नामक अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमान्डाैं / एस इन्स्टिच्युट अफ म्यानेजमेन्टमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । बिबिए ८ अाैं सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूद्वारा आयोजित “उद्यमशीलता यात्रा” नामक एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे हाे ।

एस इन्स्टिच्युट अफ म्यानेजमेन्टका प्राध्यापक आशिष तिवारीद्वारा उद्घाटन गरिएकाे उक्त कार्यक्रममा ल्याटिडो नेपालका सिइओ अहमद साह, जिभि नेपालका सिइओ आभुषण ज्योति कंशकार, आईइसी ग्रुपका प्रबन्ध निर्देशक सैलजा अधिकारी लगायतका बक्ताहरूले धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा उद्यमशीलता यात्रा, चुनौती र अवसरका बारेमा छलफल हुनुकासाथै कार्यक्रममा विद्यार्थीहरूको प्रश्न र जिज्ञासाहरूलाई समेत समेटिएको थियो । कार्यक्रममा विद्यार्थीहरूको आफ्ना उद्यम तथा व्यवसायको योजनाहरूलाई कसरी मूर्त रूप दिने भनेर छलफल गरिएकाे थियो।

प्रतिक्रिया

सम्बन्धित