विभिन्न परिकारका साथमा इटहरी नमुना कलेजका बिध्यार्थीहरू (तस्बिरहरू)

इटहरी / विभिन्न परिकारका साथमा इटहरी नमुना कलेजका बिध्यार्थीहरू देखिएपछि अभिभावकहरू दङ्ग परेका छन् । कलेजले वि.एच.एम तथा कक्षा ११, १२ होटेल म्यानेजमेन्ट पढ्ने बिध्यार्थीहरूकाे प्रयोगात्मक कक्षाका लागी सञ्चालनमा ल्याएको मिनी रेस्टुरेन्टमा बिध्यार्थीहरूले बनाएका विभिन्न परिकारहरू खाएर अतिथिका रूपमा निमन्त्रणा दिएका अभिभावकहरू दङ्ग परेका छन् । बिध्यार्थीहरूले आलो पालो गरेर अभिावकहरूलाइ बोलाउने गरेका तेश्रो सेमेस्टार मा अध्ययनरत विधार्थि लक्ष्मि शेर्पाले बताइन् ।

प्रदेश १ मा निजी क्षेत्रमा सबैभन्दा बढी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने पहिलो शैक्षिक संस्थाको रूपमा रहेको कलेजले विद्यार्थीलाई प्रयोगात्मक कार्यलाई सहज तथा प्रभावकारी बनाउन सो मिनी रेस्टुरेन्ट चलाएको कलेजका कलेजका क्याम्पस प्रमुक धर्म न्यौपानेले बताए । रेस्टुरेन्टमा विद्यार्थीले आफ्नो कोर्समा भएका विभिन्न परिकारहरू तयार पार्नुका साथै सर्भिस गर्ने लगायतका विषयमा प्रयोगात्मक सिकाइ सिक्ने छन् । उनका अनुसार अहिले आलो पालो गरेर ९० जना विद्यार्थीले रेस्टुरेन्ट सञ्चालन गरिरहेका छन् । उनीहरूले हाउस किपिङ, फ्रन्ट अफिस, फुड प्राेडक्सन, फुड एड बिभरेज प्राेडक्सन, लाउन्ड्री लगायतका प्राक्टिकल कक्षाका लागी मिनी रेस्टुरेन्ट सहितका संरचना तयार पारिएको न्यौपानेले बताए ।

कलेजले स्नातक तहमा वि.वि.ए, वि.एस.डब्ल्यु., वि.सी.ए. वि.एच.एम. वि.वि.एस.का कोर्सहरू सञ्चालन गर्दै आएको छ । साथै सुनसरीमा पहिलो पटक प्लस टु मा कानुनको पढाई सुरु गर्ने पहिलो कलेजका रूपमा समेत रहेको छ । साथै कक्षा 11/12 मै साइन्स, कम्प्युटर, म्यानेजमेन्ट विषयको समेत पठनपाठन गरिरहेको छ शिक्षा क्षेत्रमा समर्पित र अनुभवी शिक्षक तथा व्यवस्थापकहरू रहेको यस कलेजमा विद्यार्थीहरूको व्यक्तित्व विकासका लागि खेलकुद लगायतका सुविधा समेत उपलब्ध गराएको छ ।

विद्यार्थीहरूको बौद्धिक विकासकालागि विभिन्न प्रकारका प्रतियोगिताहरू समेत आयोजना गर्दै आएको छ । पठनपाठनका आधुनिक पद्धतिहरू अवलम्बन गर्दै यस कलेजले प्रयोगात्मक क्रियाकलापहरूलाई पनि उत्तिकै जोड दिँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित