इटहरी नमुना कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई बिदाइ

इटहरी / इटहरी नमुना कलेजले एक कार्यक्रमका बिच कक्षा १२ का विद्यार्थीहरूलाई बिदाइ गरेको छ । कक्षा १२ को परीक्षा सकेका विद्यार्थीहरूलाई बिदाइ तथा उच्च शिक्षाका लागि शुभकामना दिन इटहरी नमुना कलेजले कार्यक्रमको आयोजना गरेको हो ।

कलेजका अध्यक्ष केशव खड्काको अध्यक्षता तथा हिसान सुनसरीका अध्यक्ष सागर भट्टराईको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा उल्लेख्य सङ्ख्यामा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित