नि:शुल्क नेत्र परिक्षण सम्पन्न

सुन्दरहरैंचा / सुन्दरहरैंचा ८ स्थित मेची महाकाली बुहारी संयुक्त आवाज माेरङ शाखाकाे आयाेजनामा नि:शुल्क नेत्र परिक्षण तथा सदस्यता प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न भएको छ ।
स्थानीय ब्राइट फ्यूचर माविमा भएको कार्यक्रममा १ सय ४६ जना आँखाका राेगीहरुकाे नि:शुल्क नेत्र परिक्षण गरिएको आयाेजक संस्थाकी सचिव तथा कार्यक्रमकी संचालिका सुसिला ढकाल लुइटेलले बताइन्। उनले १३ जानामा आँखाकाे माेतिबिन्दु देखा परेकोले सल्यक्रियाका लागि रेफर गरिने भएको समेत जानकारी दिइन् । आँखा जाँच शिविर बि.एल.आई केयर एण्ड अप्टिकल सुन्दरहरैंचा १० द्वारा डा. अखिलेस मण्डल ( आँखा राेग विशेषज्ञ) काे प्राविधिक सहयाेगमा भएको थियाे। नेत्र परिक्षणकाे शिविरमा अाैषधी निशुक्ल तथा
चश्मा सहुलियत मुल्यमा वितरण गरिएको थियाे।

कार्यक्रममा मेची महाकाली बुहारी संयुक्त आवाजकाे तर्फबाट सदस्यता प्रमाणपत्र बितरण समेत गरिएको थियाे । कार्यक्रममा नगर प्रमुख केदारप्रसाद गुरागाईं प्रमुख अतिथि थिए ।उनले समाजप्रतिकाे दाहित्व र सहयाेगकाे खाँचाे एक अर्कालाई पर्ने भएकोले आँखा जाँच शिविर महत्त्वपूर्ण भएकोमा आयाेजकलाई धन्यवाद दिए । नगर प्रमुख गुरागाईंले घर परिवार समाजलाई बुझ्ने भएकोले आमा भन्दा बुहारीहरुकाे समाजमा महत्त्वपूर्ण भूमिका हुनु पर्ने उल्लेख गरे । उनले अर्को छुट्टै प्रशङ्गलाई जाेड दिदै सुन्दरहरैंचा नगरपालिका सबैकाे नगरपालिका भएकोले क्षमताकाे अभिवृद्धि गरेर अघि बढ्ने हक अधिकार जनतालाई भएको हुँदा मुख चलाउँने कार्यक्रम भन्दा सीप जाँगरका साथ हात चलाउँने कार्यक्रमकाे खाँचाे समाजलाई परेको बताए ।

कार्यक्रममा आयाेजक संस्थाकी सह सचिव निरु बजगाईंले कार्यक्रम माथि अाैचित्व प्रकाश पारेकी थिईन् भने प्रिन्सिपल टीकाराम ढकाल तथा वडा सदस्य कुमादेवी दाहाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । महिला तथा बालबालिकाकाे हिंसा विरुद्धकाे हाम्रो अभियान भन्ने नारा सहित अघि बढेको मेची महाकाली बुहारी संयुक्त आवाजले समाजमा विविध सकारात्मक कार्य गर्दै आएकाे छ । कार्यक्रम उमादेवी सेडाईकाे सभापतित्वमा सम्पन्न भएको थियाे।

प्रतिक्रिया

सम्बन्धित