धरानमा लाइफ केयर फिजियोथेरापी सेन्टर सञ्चालनमा

धरान / सुनसरीको धरान १० को पुतली लाइनमा लाइफ केयर फिजियोथेरापी सेन्टर सञ्चालनमा आएको छ । आइतबार उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रहेका धरान उपमहानगरपालिका वडा नं. १० का नवनिर्वाचित वडा अध्यक्ष विवेक राईले रिबन काटेर सेन्टरको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि विवेक राईले यस सेन्टरलाई सञ्चालनमा ल्याएकोमा खुसी व्यक्त गर्दै स्वास्थ्य क्षेत्रमा वडा नं. १० को कार्यालयले सक्दो सहयोग गर्ने बताएका छन् । उनले बिरामीहरूको लागी फिजियोथेरापीले महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै लाइफ केयर फिजियोथेरापी सेन्टरलाई शुभकामना समेत दिए ।

सेन्टरका सञ्चालक डा. प्रबिर श्रेष्ठका अनुसार धरानका साथै धरान नजिक रहेका सेवाग्राहीलाई ध्यानमा राखी करिब ५० लाखको लगानीमा खोलिएको सेन्टरमा विभिन्न प्रकारका फिजियोथेरापी, रगत जाँच, मसाजको व्यवस्था , एसी जडित सुविधा सम्पन्न तथा डिजिटल मेसिन जडान गरिएको र एक पटकमा १५ जना सेवाग्राहीहरूले सेवा लिन सक्ने बताएका छन् ।

फिजियोथेरापीमा भएको अनुभवलाई सँगालेर धरानमा सेवाग्राहीहरूको आवश्यकतालाई मध्यनजर गर्दै नयाँ अवधारणाका साथ युवा व्यवसायी डा.प्रबिर श्रेष्ठ (PT) को एकल लगानीमा लाइफ केयर फिजियोथेरापी सेन्टर खोलिएको हो । सेन्टरमा विशेष गरी एक्सरसाइज थेरापीलाई जोड दिइएको साथै होम सर्भिसको सेवा, बालबालिका देखि वृद्ध वृद्धा उमेर समूहका सेवाग्राहीहरूले सेवा लिन सक्ने बताइएको छ । उक्त सेन्टरमा साउथ कोरियाको REHABE HOSPITAL मा लगभग ५ वर्षसम्म काम गरी स्वदेशका विभिन्न हस्पिटलमा समेत राम्रो अनुभव सँगाली सकेका डा. प्रबिर श्रेष्ठ (PT)को सेवा सेवाग्राहीहरूले लिन सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित