उदयपुरमा ४ जना कालाजारको रोगी फेला

उदयपुर / तराईका जिल्लामा देखिने कालाजार रोग उदयपुरमा पनि देखा परेको छ । उदयपुरको त्रियुगा नगरपालिका, रौतामाई र ताप्ली गाउँपालिकामा गरी ४ जनामा कालाजारको रोगी देखा परेको छ ।

त्रियुगा नगरपालिका १२ डिएमगेटका १८ वर्षिय मो. सर्तार अलिमा देखा परेको छ । उनको उपचारको क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले चैत्र महिनामै पुष्टी गरेको थियो । उनको अहिले उपचार भईरहेको स्वास्थ्य कार्यालय उदयपुरका सूचना अधिकारी चिरन्जिवी निरौलाले जानकारी दिए ।

यस्तै रौतामाई गाउँपालिका ५ आँपटारमा पनि ५० वर्षिय अरि रत्ना राईमा कालाजार देखा परेको छ । उनलाई पनि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पुष्टी गरेको निरौलाले जानकारी दिए । यस्तै ताप्ली गाउँपालिका ५ रुपाटारमा दुई जनामा पनि कालाजारको विरामी फेला परेको छ । ताप्ली गाउँपालिका ५ रुपाटारका ११ वर्षिय बालिका शेसुका राई र ६२ वर्षिय पुरुष कल बहादुर खिलिङ्गेमा कालाजार भेटिएको छ । शेसुका राईलाई कान्ति बाल अस्पताल काठमाण्डौ र खिलिङ्गेलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौंले कालाजारको विरामी भएको पुष्टी गरेको सुचना अधिकारी निरौलाले जानकारी दिए ।

त्रियुगा नगरपालिका १२ डिएमगेटका कालाजारका विरामीको छरछिमेकी ८१ जनाको ट्रेसिङ गरिएको छ भने ३१ जनाको चेकजाँच गर्दा सवैमा नेगेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय उदयपुरका ल्याब इन्चार्ज लौकाजी राईले जानकारी दिए ।

जनकपुर क्षेत्रिय कार्यालयका कालाजार परीक्षण गर्ने क्षेत्रिय कोअर्डिनेटर रामनारायण पण्डितको नेतृत्वमा आएको टोलीले डिएमगेट आसपासका ३१ ज्नामा परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएको ल्याव इन्चार्ज लौकाजी राईले जानकारी दिए ।

जनकपुर क्षेत्रिय कार्यालयको टोली र स्वास्थ्य कार्यालय उदयपुरका ल्याब टोली रौतामाई गाउँपालिका ५ आँपटार र ताप्ली गाउँपालिका ५ रुपाटारमा कन्ट्राक्ट ट्रेसिङ्गमा रहेका आफ्न्त वा वरिपरिका व्यक्तिहरुलाई परीक्षणको लागि टोली परिचालन भएको छ ।

यस अघि ताप्ली गाउँपालिका ५ मा एक बालकमा पनि कालाजारको विरामी पुष्टी भएको थियो । अहिले उनको उपचार पछि निको भएको ताप्ली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामाले जानकारी दिए ।

भुसुनाको टोकाई माध्यमबाट सर्ने भएकाले यो रोग सुरुवाती अवस्थामै पहिचान गरेर उपचार गर्न सके रोग चाँडै नै नियन्त्रणमा आउन सक्ने स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख बृज कुमार दासले जानकारी दिए । कालाजारका लक्षण विषेश गरी हल्का ज्वरो, कमजोरी र भोकको कमीले सुरु हुने र थुप्रै सातामा तीव्र ज्वरो, रक्तअल्पता, कलेजो कढ्नु, चिढिनु, छाला कालो हुनु, पेट फुल्नु, जस्तो हुने भएकाले बेलुकी पख उड्ने भुसनाबाट बच्नु पर्ने स्वास्थ्य कार्यालय प्रमुख दासले जानकारी दिए ।

‘कालाजार विशेषगरी तराईमा मात्र देखा पर्ने रोग हो । पछिल्लो समयमा पहाडतिर पनि देखा पर्ने थालेको छ । यो रोग भुसुनाको टोकाइबाट सर्ने रोग हो’, स्वास्थ्य कार्यालय प्रमुख दासले भने, ‘यो रोगको लक्षण ज्वरो आउने, तौल घटने आदि हो । यसले कलेजो र फियोमा असर पार्ने र अन्य संक्रमण फैलिएर मृत्यु पनि हुन सक्छ ।’

प्रतिक्रिया

सम्बन्धित