पिसजाेन माविमा क्याप्टेन तथा भाइस क्याप्टेन छनोटका लागि निर्वाचन सम्पन्न

इटहरी / सुनसरीको इटहरीमा रहेको पिसजाेन आवासीय माध्यमिक विद्यालयले क्याप्टेन तथा भाइस क्याप्टेन छनोटका लागि निर्वाचन सम्पन्न गरेको छ । पिसजाेन आवासीय माध्यमिक विद्यालयको क्याप्टेन छनोटका लागि भएको निर्वाचनबाट प्राइमरी तथा सेकेन्डरी लाेअर सेकेन्डरी तर्फ छात्र तथा छात्रा तर्फ क्याप्टेन तथा भाइस क्याप्टेन निर्वाचित भएका छन् । सेकेन्डरी लाेअर सेकेन्डरी तर्फ क्याप्टेनमा छात्र तर्फ कक्षा ९ का एमएस लिम्बु ९६ मत र भाइस क्याप्टेनमा कक्षा ९ का सुशान्त सुनार १६६ मतकासाथ निर्वाचित भएका छन् भने छात्रा तर्फ कक्षा १० की पूर्णिका ढकाल ९५ मत र कक्षा ६ कि सिम्ला धिताल १२० मतका साथ भाइस क्याप्टेनमा निर्वाचित भएका हुन् । निर्वाचनमा

त्यस्तै प्राइमरी तह छात्र तर्फ क्याप्टेनमा सुवांसु १४८ मत भाइस क्याप्टेनमा सिसान्त तामाङ १४२ र छात्रा तर्फ क्याप्टेन समिज्ञा १३६ मत , भाइस क्याप्टेनमा श्वेता १६२ मत प्राप्त गरी क्याप्टेन तथा भाइस क्याप्टेन चुनिएका छन् । निर्वाचन प्रकियामा जम्मा ३७९, प्रावि तहमा २८१ बिध्यार्थीहरूकाे सहभागिता रहेकाे थियाे ।

विद्यार्थीले प्रजातान्त्रिक व्यवस्था अनुसार आफूले चाहेको लिडर कसरी छान्ने भन्ने कुराको नमुना प्रस्तुत गर्न यो निर्वाचन आयोजना गरिएको प्रिन्सिपल केशव भट्टराईले जानकारी दिए । उनले भने “विद्यार्थीलाई सानै देखी कस्तो व्यक्ति छान्ने ज्ञान होस् र कसरी अनुशासित र अबल्ल मान्छे छान्न सकिन्छ भन्ने जानकारी दिन यो कार्यक्रम गरेका हौँ ।” विद्यालय तहमा हुने यस्ता प्रकारका निर्वाचनले भोलिका दिनमा राष्ट्रिय स्तरमा समेत सही नेतृत्व छान्न सहयोग पुग्ने भट्टराईको भनाइ रहेको छ ।

इन्टरनेशनल स्कुल अवार्ड समेत जित्न सफल भएको पिसजोन आवासीय माध्यमिक विद्यालय इटहरीको पुरानो विद्यालय हो । दक्ष तथा अनुभवी शिक्षक शिक्षिका रहेको यस विद्यालयले पढाई सँग सँगै अतिरिक्त क्रियाकलापमा पनि विशेष जोड रहँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित