सुरिलो स्वरका कारण प्रख्यात बनेको बाघ

एजेन्सी । रुसको एक चिडियाघरमा आजकल एक बाघ आफ्नो सुरिलो स्वरका कारण प्रख्यात बनेको छ । विटास नामको आठ महिनाको यो बाघ अमुर प्रजातिको हो । यो प्रजातिका बाघ सबैभन्दा ठूला, तेज र चलाख हुन्छन् । विटासलाई जब आफ्नी आमाको ध्यान खिच्नुपर्छ, तब ऊ गाउन सुरु गर्छ । विटासले चराले सुसेलेको जस्तै आवाज निकाल्छ ।

सर्बियाको बरनाल चिडियाखाना बस्ने विटासको आवाज कतिपयका नजरमा चराले सुसेलेको जस्तो र कतिपयका लागि बाँदरको हाँसोजस्तै छ । विटास यही आवाजका कारण सामाजिक सञ्जालमा भाइरल बनेको छ । चिडियाखानाका कर्मचारीका अनुसार यस बाघका धेरै भाई–बहिनी छन् । त्यसकारण उनीहरुबाट आफ्नी आमाको ध्यान आफुतर्फ खिच्न यो बाघ चिच्याउने गर्छ ।

विटास त्यतिबेलासम्म चिच्याउँछ, जबसम्म आफ्ना सबै काम छाडेर आमा ऊ समक्ष आउदिँनन् । यो प्रजातिको बाघ संसारकै सबैभन्दा ठूलो बाघ हो, तर यो प्रजाति खतरामा छ । पूर्वी रुसमा यस प्रजातिका केवल ६ सय बाघ आफ्नो प्राकृतिक घरमा सुरक्षित छन् । सोभियत संघको विघटनपछि शिकारी बढ्दा उनीहरुको अस्तित्वमा संकट उत्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित