न्यूरोको स्वास्थ्य शिविरमा तीन सय बढीको निःशुल्क स्वास्थ्य जाँच

विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिसपेशियालिटी अस्पतालले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । मोरङको रंगेली नगरपालिका ३ रन्जनी स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।

रंगेली नगरपालिकाको आयोजनामा भएको शिविरमा न्यरो सर्जन डा. आशिष जंग थापा, बरिष्ठ प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा. निशा अधिकारी , बरिष्ठ बाल रोग विशेषज्ञ डा. सुरेश प्रसाद शाह, मेडिकल अफिसर डा. मो. सिद्दिक, डा. क्षितिज पोखे्रल, डा. सुमन पण्डित लगायतको स्वास्थ्य टोलीले स्वास्थ्य जाँच गरेका थिए । शिविरमा तीन सय भन्दा बढी बिरामीहरुको स्वास्थ्य जाँच गरिएको शिविरमा औषधी पनि निःशुल्क बितरण गरिएको थियो ।

न्युरो अस्पतालले विभिन्न स्वास्थ्य सचेतना कार्यक्रमहरु गर्नुको साथै निः शल्क स्वास्थ्यशिविरहरु १ नं प्रदेश र मधेश प्रदेशका विभिन्न क्षेत्रमा गर्दे आएको छ । आगमी दिनमा पनि यस्ता शिविर र सचेतना कार्यक्रमलाई निरन्तरता दिने अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित