पियू शिक्षण अस्पताललाई स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाले सुधारका लागि बुझायाे ज्ञापन पत्र

सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैंचा स्थित पुर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालकाे सेवा सुविधा प्रभावकारी तथा सुधारका लागि स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचा ७ ले ज्ञापन पत्र बुझाएको छ ।

ओपिडी तर्फ दैनिक लगभग ३ सय बिमारीहरू आई रहदा करीब ९०% बिमा सुबिधा तर्फका बिरामी आईरहेको अस्पतालमा २ घण्टा सम्म लाईन बस्नु परेकाले बिमारीले झनै दुःख भोग्नु परेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । साथै बिमाबाट प्राप्तहुने औषधि लिन पनि घण्टौं लाईन बस्नु पर्ने तथा अस्पतालमा डाक्टरहरू साढे १० /११ बजे आउने र १२ बजे निस्कने भएकोले सेवाग्राहिले उचित सुबिधा नपाएको गुनासो स्थानीयले गरेका छन् ।

बिमा रिफर सेवा १महिना सम्म मान्य हुनको लागि स्वास्थ्य बिमा बोर्ड सँग छलफल र सँझौता गर्न अनुरोध गर्दै आग्रहका साथ ज्ञापन पत्र बुझाएको छ । उपकुलपति डा. यादबप्रसाद कोईराला र शिक्षण अस्पतालका निर्देशक डा. बिपेश आचार्यलाई ज्ञापन पत्र हस्तान्तरण गर्दै अस्पताललाई सन्चालनमा कुनै साथ सहयाेग आवश्यकता परेमा आगामी दिनहरूमा समेत स्वतन्त्र नागरिक समाजले सकेकाे सहयोग गर्ने उल्लेख गरिएको छ ।

उक्त ज्ञापन पत्र बुझ्दै उपकुलपति यादब कोईरालाले बिधानमै जन स्तरबाट संचालन हुने भनेर लेखिएकोले अस्पताल संचालनमा समस्या रहेको बताए । सिमित साधन र श्रोतका बाबजुद अस्पताललाई सकेसम्म राम्ररी चलाउने प्रयास गर्ने भन्दै अब १/२ दिनबाटै टोकन सिस्टम लागू गरि सेवा संचालन गरिने बताए । कोभिडको माहामारीमा संचालन गरीएको कोबिड अस्पताल भवनमा यसै आर्थिक बर्षदेखि १ सय सैयाको अस्पताल समेत संचालन गर्ने तयारी रहेको उपकुलपति कोईरालाले उल्लेख गरे ।

अस्पतालका निर्देशक डा. आचार्यले डिजिटल टोकनलाई पर्खिदा केही असजिलो भएकोले मेनुअल टोकन सिस्टम लगाएर भएपनि सेबा सँचालन गर्ने बताए । स्वतन्त्र नागरीक समाजले समस्या र बिकल्प सहित ज्ञापन पत्र बुझाएकोमा आचार्यले धन्यवाद समेत दिए । ज्ञापन पत्र बोधार्थ सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाई, वडा नं. ७,८ र ९ का वडाध्यक्ष भुवनसिंह मगर, खेमप्रसाद न्यौपाने,प्रकाश श्रेष्ठलाई समेत बुझाईएको छ ।

वडा नं ७ का नब निर्वाचित वडाध्यक्ष भुवन सिंह मगर, महिला सदस्य कार्यपालिका सदस्य सीता अधिकारी, वडा सदस्य खुशिलाल चौधरी, मीन गुरूङ ,ज्ञान ज्योति ईङ्लिस स्कुलका प्रिन्सिपल देबि सिटौला सहित स्वतन्त्र नागरिक समाजका ब्याक्तित्वहरूको उपस्थित रहेको उक्त कार्यक्रममा समाजका संयोजक चिरंजीबी शिवाकोटीले ज्ञापन पत्र प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित