ब्राइट फ्यूचरमा क्याप्टन तथा सहायक क्याप्टन छनाेटका लागि निर्वाचन सम्पन्न

सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैंचा ८ मा रहेको ब्राइट फ्यूचर माध्यमिक विद्यालपमा क्याप्टन तथा सहायक क्याप्टेनकाे छनाेटका लागि निर्वाचन गरिएको छ । कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुले क्याप्टन तथा सहायक क्याप्टन छनाेटका लागि मतदान गरेका हुन् । निर्वाचनबाट क्याप्टनमा भगवानबाबू यादव तथा उपक्याप्टनमा प्रियका थापा निर्वाचित भएका छन् । जसमा क्याप्टन यादवले २ सय २७ तथा उपक्याप्टनमा थापाकाे १ सय ६५ मत पाएका छन् ।

जम्मा मतदाता ३ सय ३ रहेको मतदानमा २ सय ८२ भाेट खसेकाे थियाे । जसमा छात्रा १सय २१ र छत्र १ सय ६१ रहेकाे छ । विद्यार्थीहरुलाई पढाइ लेखाइ सँगै निर्वाचन प्रकृयाकाे व्यावहारिक ज्ञान सिकाउँने उदेश्यले क्याप्टन तथा सहायक क्याप्टनकाे मतदानबाट छनाेट कार्य गरिएको विद्यालयका प्र.अ तुलसी दुलालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित