अमेजनले बन्द गर्याे वेबसाइटहरुको मापन गर्ने प्लेटफर्म ‘एलेक्सा’

काठमाडौं । विश्वव्यापी रुपमा वेबसाइटहरुको मापन गर्ने प्लेटफर्म ‘एलेक्सा’ बन्द भएको छ ।मे एक तारिखबाट अमेजनले आफ्नो सहायक कम्पनी एलेक्जा बन्द गरेको हो ।

एलेक्जा विगत २५ वर्षदेखि सञ्चालनमा थियो । जसले वेबसाइटमा आउने ट्राफिक डेटाका आधारमा वेबसाइटहरुको मापन गर्दै आएको थियो । त्यसैका आधारमा कुन देशमा कुन वेबसाइट कति औं नम्बरमा छ ? विश्वमा कति स्थानमा छ भन्ने जानकारी लिन सकिन्थ्यो । त्यतिमात्रै नभएर यसले कुनैपनि वेबसाइटको एसईओ, अन्य प्रतिस्पर्धी कम्पनीको वेबसाइटको एनालिटिक डेटा समेत उपलब्ध गराउँदै आएको थियो ।

अमेजनले भनेकाे छ- ‘दुई दशकभन्दा बढी तपाईंहरुलाई सेवा दिन पाउनु एक महत्वपूर्ण अवसर थियो । हामीलाई सामग्री अनुसन्धान, प्रतिस्पर्धी विश्लेषण, किवर्ड अनुसन्धान र अन्य धेरैको लागि तपाईंको स्रोत बनाउनु भएकोमा धन्यवाद ।’

प्रतिक्रिया

सम्बन्धित