विभिन्न कार्यक्रमका साथ कस्तूरी कलेजले मनायाे आफ्नो २३ औँ वार्षिकोत्सव (तस्विरहरू सहित)

इटहरी / इटहरी स्थित कस्तूरी कलेजले २३ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेकाे छ । विभिन्न साँस्कृतिक कार्यक्रमका बिच कलेजले आफ्नो वार्षिकोत्सव सम्पन्न गरेकाे हाे । कलेजका अध्यक्ष राम चन्द्र अधिकारीकाे अध्यक्षतामा कलेजले वार्षिकोत्सव सम्पन्न गरेकाे हाे । कार्यक्रममा कस्तूरी एकेडेमीका अध्यक्ष प्रेम प्रसाद न्याैपाने , संस्थापक अध्यक्ष खगेन्द्र पाेखरेल, प्रा.डा. केदार प्रसाद पाैडेल, कस्तूरी कलेज अफ म्यानेजमेन्टका प्रिन्सिपल कमलेश पैडेल, राम कुमार शुब्बा, बिनाेद पाैडेल लगायतहरूकाे उपस्थिती रहेकाे थियाे ।

२०५५ सालमा स्थापना भएकाे कलेजले आफुलाई ब्यवस्थापन बिषयमा उत्कृष्ट सावित गरिसकेको छ । प्रदेश १ मा मात्र नभइर कस्तूरी कलेज देशमै उत्कृष्ट नतिजा ल्याउने तयारीका साथ जुटेको छ । आफनै बिद्यालय,माध्यमिक तह र कलेजमा गरी २५ सय बढी बिद्यार्थीहरु अध्यायनरत रहेका छन । कस्तूरी कलेज अफ म्यानेजमेण्टतर्फ बिबिएस र एमबिएस तथा कस्तुरी उच्च माबि (माध्यममिक तह) तर्फ ११ र १२ कक्षामा म्यानेजमेण्ट तथा विज्ञान बिषय पढाई भईरहेको छ ।

कार्यक्रममा चलचित्र निर्माता निर्देशक अशेक शर्मा , गायक प्रमेद खरेल आफ्नो प्रस्तुति का साथै बिध्यार्थिहरूले बिभिन्न सांगितिक प्रस्तुतीहरू प्रस्तुत गरेका थिए । कार्यक्रममा बाेल्दै कस्तूरी एकेडेमीका प्रिन्सिपल भुपेन्द्र न्याैपानेले विद्यर्थी, शिक्षक र अभिभावककाे मेहनत र लगनसिलताले कलेज अहिलेकाे अवस्थामा आइपुगेको बताए ।

कस्तूरी कलेज अफ म्यानेजमेण्टतर्फ बिबिएस र एमबिएस तथा कस्तुरी उच्च माबि (माध्यममिक तह) तर्फ ११ र १२ कक्षामा म्यानेजमेण्ट बिषय पढाई भईरहेको सो कलेजले यसै शैक्षिक सत्रदेखि

प्रतिक्रिया

सम्बन्धित