२८ प्रजातिका गुराँसले ढकमक्क टिएमजे ( २८ तस्बिरहरू )

तेह्रथुम / टिएमजे तेह्रथुम, संखुवासभा र ताप्लेजुङ तीन जिल्लाको संगमस्थल हो । यहाँ एउटै डाँडामा बसेर २८ प्रजातिका गुराँस फुले हेर्न पाइन्छ । त्यसैले टिएमजेलाई ‘गुराँसको राजधानी’ पनि भनिन्छ। विश्वमा ३२ प्रजातिका गुराँस पाइन्छ ।

फागुनदेखि वैशाखसम्म गुराँस फुल्ने मुख्य सिजन हो । गुराँस फुल्ने सिजन सुरू भएसँगै टिएमजेको प्रवेशद्वार रंगिन बन्दै गएको छ । गुराँस फुल्न सुरु भएसँगै आन्तरिक पर्यटकको आगमन पनि बढेको छ । प्राकृतिक सुन्दरतासँगै विभिन्न प्रजातिका गुराँस फुल्ने सिजन सुरु भएकाले रमाइलो भएको आन्तरिक पर्यटक डिल्लीरमण पौडेलले बताए ।

प्रतिक्रिया

सम्बन्धित