पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोह सम्पन्न

सुन्दरहरैंचा / पूर्वाञ्चल विश्वविद्यालयको दशौँ दीक्षान्त समारोह सम्पन्न भएको छ । बिश्वबिद्यालयको मुख्य कार्यालय मोरङको गोठगाउँमा आयोजित दशौँ दीक्षान्त समारोहमा विभिन्न ६ वटा सङ्कायबाट विद्यार्थीहरु दीक्षित भएको हुन् । दिक्षान्त समारोहमा १४ हजार १ सय ३३ विद्यार्थी दीक्षित भएकाे उल्लेख गरिएको छ । दिक्षान्त समारोहमा प्रमुख अतिथि तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौका संस्थापक तथा कार्यकारी निर्देशक प्रा.डा. सन्दुक रुइत रहेका थिए ।

दीक्षान्त समारोहमा स्नातकोत्तर तर्फ २ हजार ३ सय ६ जना र स्नातक तर्फ ११ हजार ८ सय ३० जना गरी १४ हजार १ सय ३३ विद्यार्थी दीक्षित भएका छन् । जस अन्तर्गत कला सङ्कायबाट स्नातकमा १ सय १४ जना र स्नातकोत्तरमा १ सय ९८ जना दीक्षित भएका छन् । शिक्षा सङ्कायबाट स्नातकमा १ हजार २६ जना र स्नातकोत्तरमा ४ सय ७ जना दीक्षित भएका छन् । कानुन सङ्कायबाट स्नातकमा ३ सय ६९ जना र स्नातकोत्तरमा २ सय १४ जना दीक्षित भएका छन् ।

साथै व्यवस्थापन सङ्कायबाट स्नातकमा २ हजार ७ सय २५ जना र स्नातकोत्तरमा १ हजार १ सय १३ जना विद्यार्थी दीक्षित भएका छन् । चिकित्सा विज्ञान सङ्कायबाट स्नातकमा ५ हजार ३ सय ४८ जना र स्नातकोत्तरमा ३३ जना विद्यार्थी दीक्षित भएका छन् । विज्ञान प्रविधि सङ्काय तफबार्ट स्नातकमा २ हजार २ सय ४८ जना र स्नातकोत्तरमा ३ सय ४१ जना विद्यार्थी दीक्षित भएको बिश्वबिद्यालयले जनाएको छ । विश्वविद्यालयका सहकुलपति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा दशौँ दीक्षान्त समारोह सम्पन्न भएको थियाे ।

प्रतिक्रिया

सम्बन्धित