इटहरी स्थीत सामुदायिक अस्पतालमा २४ घण्टे आकस्मिक सेवा सञ्चालन

इटहरी / इटहरी तथा आसपासका विरामीहरुलाई उपचारका लागि बाहिर जानु नपरोस भनेर नीजि क्षेत्रबाट इटहरीमा सञ्चालित पहिलो अस्पताल सामुदायिक अस्पतालले हाडजोर्नी, नशा तथा प्रसुती सम्वन्धी सेवाका लागि २४ घण्टे आकस्मिक सेवा सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।

अस्पतालले सेवा विस्तारका विषयमा जानकारी गराउन आयोजना गरेको पत्रकार सम्मेलनमा हाडजोर्नी, नशा तथा प्रसुती सम्वन्धी सेवाका विशेषज्ञ चिकित्सकबाट २४ घण्टे आकस्मिक सेवा सञ्चालनमा ल्याएको जानकारी गराएको हो ।

वि.सं.२०५६सालमा इटहरी तथा आसपासका क्षेत्रका विरामीहरु उपचारका लागि रातको समयमा समेत धरान र विराटनगर जानु पर्ने बाध्यतालाई मध्यनजर गर्दै २५जना सेयर सदस्य भएर सामुदायिक अस्पताल स्थापना गरेर सेवा दिदै आएकोमा हाल आफनै भवन र विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरुबाट सेवा उपलव्ध भएको अस्पतालका अध्यक्ष टंक दुलालले जानकारी गराए ।

पत्रकार सम्मेलनमा अध्यक्ष दुलालले १५वेड सञ्चालनमा रहेको अस्पताल चाडै नै २५वेडको सञ्चालनमा ल्याउन लागिएको समेत वताए । अस्पतालमा आधुनिक ल्याव सञ्चालनमा रहेको साथै विरामीले घरमै बसेर उपचार पाए जस्तै गरी सेवा प्रदान गरिदै आएको अस्पतालका मेडीकल सुपरिटेन्ड डा.डिल्ली राज रिजालले वताए ।

अस्पतालमा हाल २४सै घण्टा जनरल तथा आकस्मिक मेडिसिनका सम्पुर्ण रोक सम्वन्धी सेवा डा.डिल्लीराज रिजाल तथा डा.वुद्धिबहादुर गुरुङ्गबाट हाडजोर्नी तथा नशारोग सम्वन्धी २४ घण्टे सेवा ,बालरोग सम्वन्धी दैनिक तथा आकस्मिक सेवा , रेडियोलोजी सेवा, मानसिक रोग सम्वन्धी आकस्मिक तथा परामर्ष सेवा आँखा रोग , सौन्दर्य ,छाला ,यौन रोग सम्वन्धी सेवाहरु सञ्चालनमा रहेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

प्रतिक्रिया

सम्बन्धित