बिरामीले मासिक ५ हजार भत्ता पाउने

काठमाडौँ । मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई मासिक ५ हजार भत्ता दिने प्रक्रिया अघि बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत १३ गते मन्त्रिस्तरको निर्णयले रकम उपलब्ध गराउन कार्यविधि बनाएपछि भत्ता पाउने अवस्था बन्न लागेको हो । यससँगै अब प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीले औषधि उपचारबापत मासिक ५ हजार पाउनेछन् । मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा देशभरका ७५३ स्थानीय तहबाट रकम उपलब्ध गराउने पत्राचार समेत गरिसकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित