धरानमा नेवाः देयः दबूको राष्ट्रिय महाधिवेशन सुरु

धरान / देशभरिका नेवार अगुवाहरु आज पूर्वको सुन्दर नगरी धरानमा नेवाः देयः दबूको सातौ राष्ट्रिय महाधिवेशन मनाउनका लागि आइपुगेका छन् । आज सोमबार नेवाः देयः दबूको केन्द्रिय समितिले भानुचोकमा आयोजना गरेको राष्ट्रिय महाधिवेशनका लागि नेपालको दाङ लुम्बिनी देखी भारत सिकिम र दार्जिलिङहरु आएका हुन् ।

धरानमा नेवार जातिमा पोशाकमा सजिएका नेवारी समुदायले गर्दा धरान पनि आज थप सजिएको थियो । महाधिवेशनमा सहभागिहरुले र्याली निकालेर धरान प्रभात फेरी गरेका थिए । नेवारी भाषामा सजिएका सयौँ व्यक्तिहरुले विभिन्न नेवारी सांस्कृतिक अनुसारको लाखे डान्स, बर्जयोगिनी नृत्य, नेवारी भाषाका झाँकी, गित संगित ,नृत्य र डडिंया जस्ता कलात्मक संस्कृतिक कार्यक्रम गरिएको थियो । नेवारी समुदायका व्यक्तिहरुको रौनक अन्य जातीको भन्दा फरक रहेको थियो ।

नेवारी भाषा, कला, संस्कृतिको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने प्रमुख उद्देश्यका साथ नेवाः देयः दबू संगठन स्थापित भएको जानकारी दिंदै केन्द्रिय अध्यक्ष रमेश ताम्राकारले भने देशभरका ६८ जिल्लाका ५ सय बढी प्रतिनिधि र झण्डै एकसय २ सय ५० पर्यवेक्षक पाहुनाहरुको सहभागिता रहेको छ यो हाम्रो खुसीको कुरा हो । अध्यक्ष ताम्राकारले भने ‘ नेवारहरुको साझा छाता संगठन, नेवाः देयः दबूको केन्द्रीय समितिले ‘नेवाःसमुदायको भाषा कला संस्कृति भेषभुषाको संरक्षण गर्दै देशभरका बिभिन्न समुदायसँग सद्भाव तथा आत्मियताको सम्बन्ध बिस्तार गर्ने प्रमुख उद्देश्य लिएर नेवाःदेय् दबू क्रियाशील हुँदै आएकोले राज्य पुनःसंरचनापछि संगठनलाई चलायमान बनाउने गरि विधान बनाउन हाम्रो नेतृत्व लाग्ने छ।’

आज धरानमा भएको कार्यक्रमका प्रमुख अतिथि, वरिष्ठ अधिकारकर्मी मल्ल के सुन्दर रहेका थिए । सुन्दर नागरिक आन्दोलनका अगुवा मल्ल के सुन्दर नेवाः देयः दबुको केन्द्रीय संरक्षक पनि हुन् । सुन्दरले कार्यक्रमलाई सम्बोधन गर्दे भने‘ म भाषाको पृष्ठभुमीबाट आएको मान्छे हु नेवारी भाषा बोल्दा, लेख्दा पनि जेल जानु पर्ने अवस्था थियो । अहिले मुलकु संघियतामा गएको छ अहिले बोल्नुलाई सकस हैन् तर, नेवारहरु नै आफ्नो भाषा जान्दैनन् । जातीको पहिचार र चिनारी नै भाषा हो त्यसैले भाषा नजानी नेतृत्व हुँदैन् १ महिना वा १ वर्ष लगाएर भएपनि आफ्नो भाषा सिक्नु पर्छ । भाषा विर्षेमा धेरै कुरा लोप हुन्छ आफ्नो थरमा माया स्नेह जाग्नुलाई भाषा आउँनु नै पर्छ । ’

कार्यक्रमका विशिष्ठ अतिथि संघिय मामिला तथा प्रशासन मन्त्रीले मन्तव्य राख्दै भने नेवारहरुको संस्कार, संस्कृति, रीतिरिवाजको संरक्षणका लागि पनि संगठन बनेको छ । नेपाललाई चिनाउने नै नेवार जाति हो । व्यापार क्षेत्रमा मात्र हैन् राजनीति र आर्थिक क्षेत्रमा नेवारहरुको उल्लेखनीय भुमिका छ । नेवार समुदायमा यति धेरै संस्कार छ कि गन्नै समय लाग्दछ । महाभारत, वेद पुराणमा पनि नेवारका धेरै परम्पराहरु रहेका छन्, भाषा, संस्कृति भेषभुषा पनि आफ्नै रहेको छ । आउने पिढीलाई हाम्रो संस्कार जानकारी गराउनु पर्ने हुन्छ । त्यसका लागि पनि संगठन आवश्यक छ ।

कार्यक्रमका विशिष्ठ अतिथि संघिय सांसद जय कुमार राईका मन्तव्य राख्दै भने ‘नेवारहरुले सामाजिक परिवर्तनका लागि खेलेको भुमिका उल्लेखनिय छ । नेपाली पहिचान सँग जोडिएको नेवारी भाषाका संस्कृतीहरु अझ संरक्षण गर्नु पर्ने अवस्था मैले देखेको छु । अब नेवारहरुले व्यापार मात्र हैन् । आफ्ना पुर्खाको उपलब्धीहरुको रक्षा गर्दे अबको नेतृत्व पनि संचालन गर्नु पर्छ । ’

प्रतिक्रिया

सम्बन्धित