धरानको पव्लिक हाई स्कुलले मनायाे ७५ औँ बार्षिक उत्सव

धरान / धरान –१२ स्थित पब्लिक हाई स्कुलको ७५ औँ वार्षिक उत्सव तथा अभिभावक भेला कार्यक्रम सम्पन्न भएको छ । विद्यालयले गुणस्तरीय शिक्षा, समय परिवर्तनसँगै विद्यालयको व्यवस्थापनमा भएको परिवर्तनले गर्दा पब्लिकमा विद्यार्थीको चार्मिङ बढेको छ । अभिभावकहरु आफ्ना छोराछोरी पब्लिकमा नै पढाउने वातावरण तय गर्नु पटक पटक पब्लिक विद्यालयलाई आग्रह गरिरेहका छन्। जिल्लाकै नमूना विद्यालय बन्न सफल भएको पब्लिकमा विद्यालयमा तोकिएको भर्ना कोटा परिपूर्ती भएपछि विद्यालयले पढ्नु चाहाने विद्यार्थीहरुलाई भर्ना लिन नसकेको विद्यालयका प्राचार्य इन्द्रमोहन झाको भनाइ छ ।

विद्यार्थीको चार्मिङ उचाईमा पुगेको छ भने स्थानीय शिक्षाको हक अधिकार पाएको स्थानीय सरकार भौतिक पूर्वाधार थप्न र दरबन्दी थप्नु अग्रसर नभएको विद्यालयको भनाई छ। झाले भने ‘सरकारको तर्फबाट हामीले थप आश गरेका छौ । वास्तवमा भन्ने हो भने विद्यालयलाई हाल चाहिएको जस्तो सहयोग स्थानीय सरकार र प्रदेश सरकारले र संघिय सरकार कसैले गर्नु नसकेको अवस्था छ । उल्टो पव्लिकलाई किन पैसा चाहियो भन्ने कुरा गर्नु हुन्छ तर, ‘शिक्षक, अभिभावक, विद्यार्थी, पूर्व विद्यार्थी सबैको सहयोग भइरहेको छ, त्यसैले पनि विद्यालय अघि बढिरहेको छ ।’

वार्षिक उत्सवको कार्यक्रममा विद्यार्थीहरुले नेपाल सरकारले प्रदान गर्ने छात्रा छात्रावृती अन्तरर्गतको छात्रावृती ४ सय ३२ जनाले १ लाख २९ हजार ४ सय रकमको छात्रावृती प्राप्त गरेका छन्। दुर्गा सापकोटा, किशोर चौधरी, नवनित तिवारी, श्यामराजा श्रेष्ठ र अनिता श्रेष्ठ उत्कृष्ठ पब्लिक विद्यालयका उत्कृष्ठ शिक्षक घोषित भएका हुन्।

काठमाण्डौँको पुलचोकमा आइओईमा नाम निकालेर नि : शुल्क पढ्न पाएका पब्लिकका पूर्व विद्यार्थी निशान सुवेदीलाई समेत विद्यालयले सम्मान गरेको थियो । यस्तै पूर्व विद्यार्थी ऐश्वर्या राई र भूमिका खड्काले पाख्रिवासको एग्रिकल्चरमा विषयमा फुल स्कोलरसिप पाएकाले उनीहरुलाई पनि विद्यालयले सम्मान गरेको छ। पूर्व शिक्षक निराजा कोइरालाई पनि विद्यालयले सम्मान गरेको छ ।

धरान डे को अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको प्राविधिक भवनको सभाहलको भवनका लागि मनकामना बुक धरानका संचालक राजन बस्नेतले १ लाख सहयोग गरेका थिए । धरान – १२ निवासी आशिष मास्केले पनि ५१ हजार सहयोग गरेका थिए । यस्तै, सम्भु यादव (कुक) ले ५१ हजार हेल्थ पार्कको लागि सहयोग गरेका थिए । इष्र्ट टुरिजम मार्टको लागि तयार गरिएको स्टेजमा र स्टलमा विद्यालयले वार्षिक उत्सव कार्यक्रम गरेको हो । बुडासुब्बा डेन्ट हाउसले र सम्भु डेन्ट हाउसले विद्यालयलाई स्टेज र स्टल सहयोग गरेकोमा सबै सहयोग दाताहरुलाई प्रअ झाले धन्यवाद समेत दिएका थिए ।

वार्षिक उत्सव कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि कार्कीको अध्यक्षतामा भएको थियो । कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेलको रहेको थियो । कार्यक्रममा शिक्षकहरुको सामुहिक नृत्य रहेको थियो भने विद्यार्थीहरुले पनि सांस्कृतिक नृत्य गरेका थिए । पब्लिक हाईस्कुलको खेल मैदानका स्टलमा विद्यार्थीहरुले विभिन्न प्रयोगात्मक अभ्यासहरुलाई प्रर्दशन गरेका थिए । यस्तै कार्यक्रम विद्यालयका इन्चार्ज विरेन्द्र शाहले संचालन गरेका थिए ।

पछिल्लो समय धरानका सामुदायिक विद्यालय मध्ये उत्कृष्ट विद्यालयको रूपमा अघि बढिरहेको विद्यालयमा विद्यार्थीको पनि आकर्षण बढ्दै गएको छ । २००३ सालमा स्थापना भएको विद्यालय धरानकै पुरानो विद्यालय हो । अहिले करीब ३ हजार विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् । बदलिँदो परिवेशसँगै विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाइको शुरुवात र प्रविधिमैत्री कक्षा सञ्चालनले विद्यालयलाई नमूना बनाएको हो । समयसापेक्ष परिवर्तन गर्दै शिक्षामा सुधार गर्न आवश्यक रहेकाले विद्यालयलाई नमूना बनाउन सफल भएको हो । अङ्गे्रजी माध्यमको पढाइमा विद्यार्थी आकर्षित हुन थालेपछि पब्लिकले पनि कक्षा ६ सम्म अङ्ग्रेजी माध्यमबाट नै अध्यापन गराउन थालेको छ ।

विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा र प्राविधिक शिक्षातर्फ इलेक्ट्रिकल इन्जिनियरिङ गरि ५ सङ्कायको पढाइ हुन्छ । विगतमा सरकारी विद्यालयमा पढ्ने विद्यार्थी कमजोर हुन्छन् भन्ने मान्यतालाई चिर्दै विद्यालयले दिएका विभिन्न सुविधाकै कारण विद्यार्थीलाई अध्ययनशील बनाएको छ ।विद्यार्थीको चार्मिङ बढेको कारण नै त्यही हो । विद्यार्थीको सुविधाका लागि केही अघिदेखि यातायातको व्यवस्था गरिएको छ । बसकै कारण पनि विद्यार्थी थपिएको उनले बताए । धरानका सामुदायिक विद्यालयमा पहिलो पटक विद्यार्थीलाई यातायातको सुविधा दिइएको छ ।

विद्यालयले सुविधा सम्पन्न लाइब्रेरी बनाएको छ । विद्यार्थीलाई अध्ययनको लागि एसीसहितको रिडिङ रुमको योजना बनाएको उनले बताए । उनले भने, ‘जो विद्यार्थी पढ्ने खालको छ त्यसलाई मात्रै प्रवेश हुन्छ, पढ्ने वातावरण बनाउने छौं, एक पटकमा ६४ जना विद्यार्थी पढ्न पाउँछन् । दिनमा १ सय ५० विद्यार्थीहरु पढ्न सक्छन्, त्यसमा ५० जना क्रिम विद्यार्थी निकाल्न सक्यौं भने हामी सफल हुन्छौं, त्यो लक्ष्य लिएका छौं ।’

कम्प्युटर रुममा इन्टरनेटबाट विद्यार्थीलाई अध्ययन गर्ने व्यवस्था मिलाइएको छ । डिजिटल स्मार्ट कक्षाको व्यवस्था गरिएको छ । प्रत्येक कक्षामा बुक कर्नर सिस्टम बनाइएको छ जहाँ शिक्षक नहुँदा पनि कक्षाकोठामा भएका पुस्तक पढेर विद्यार्थी बस्छन् । बत्तीको समस्या समाधान गर्न सोलारको व्यवस्था गरेपछि बिहान ६ बजेदेखि नै कक्षा शुरु हुने गर्दछ । सरकारले नगरपालिकामार्फत् दिवाखाजाका लागि बजेट विनियोजन गरिदिएपछि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवाखाजाको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित