काभ्रेको कास्कोटे बाघदेवीमा केएमसीका डाक्टरले गरे ११ सय बिरामीको निःशुल्क उपचार

काभ्रे / काभ्रेको पाँचखाल नगरपालिका–१२ स्थित कास्कोटे बाघदेवीमा आइतबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र स्थानीय सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

बाघदेवी मन्दिर परिषरमा सञ्चालित शिविरमा केएमसीका डाक्टरहरुले ११७२ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् । शिविरमा २३३ जनाको रक्त परीक्षण, १९४ जनाको भिडियो एक्सरे र १२३ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

उनका अनुसार दाँतमा समस्या भएका २९ जनाको दाँतसमेत खोलिएको छ । त्यस्तै शिविरमा उपचार सम्भव नभएका ४४ जना बिरामीलाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।

केएमसी अध्यक्षको रुपमा डा.सुनिल शर्माको प्रवेश भएसँगै गतबर्षदेखि केएमसीले विभिन्न जिल्लामा स्वास्थ्य शिविर सञ्चालन गरेर हजारौं बिरामीको निःशुल्क उपचार गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित